साझा नेटवर्क

साझा नेट्वर्क संवाददाता
पुष २२ गते । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर भारतको पञ्जाव राज्य स्थित जालन्धर र लुधियानामा नयाँ वर्ष साँस्कृतिक धमाका २०२० हुने भएको छ ।
सुपा देउराली टुर एण्ड ट्राभल्सको आयोजना तथा न्यु सुपा माँ टुर्स एण्ड ट्राभल्स र लुम्बिनी हिमालय टुर्स एण्ड ट्रावल्सको सह-आयोजनामा यहि जनवरी २४ तारीख़ शुक्रबार जालन्धर स्थित देश भगत मेमोरियल हल बिएमसी चोकमा र २६ जनवरी आईतवार लुधियानाको गुरुनानक भवन भारतनगर चोकमा कार्यक्रम आयोजना गर्न लागिएको सुपा देउराली टुर एण्ड ट्राभल्सका पञ्जाब राज्यका (प्रवन्ध निर्देशक) ओम प्रकाश परियारले जानकारी दिनुभयो ।
दशकौ देखि भारतका विभिन्न राज्यबाट नेपाल भारत आवतजावत गर्नलाई सुविधा सम्पन्न बस तथा कारमा यात्रुहरुलाई यात्रा गराई रहेको सुपादेउराली टुर एण्ड ट्राभल्सले भारतमा रहदै आएका नेपालीहरुलाई मनोरञ्जनका साथ साथै आफ्नो संस्कृतिलाई जोगाएर राख्नु पर्छ भन्ने हेतुले साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।
उक्त साँस्कृतिक धमाकामा चर्चित लोक तथा दोहोरी गायिका शान्ति श्री परियार,चर्चित लोक दोहोरी गायक दिपक गरौजा , मोडल तथा डान्सर विमल अधिकारी , लोक पप गायिका सरस्वती लामा , हास्य कलाकार पुर्खे बा, सुनितामी परियार, दिपक परियार, लोक दोहोरी गायक जिवन परियार, मोडल तथा डान्सर विष्णु कार्कि लगायतका कलाकारले मनोरञ्जन गराउने छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend