साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं पुष २२ ।
विश्व नेपाली साहित्य महासंघ जापानले आफ्नो नियमित दोश्रो साहित्य श्रृङ्खला टोकियोको सिनओकुवोमा सम्पन्न गरेको छ ।
कवि लोकनाथ अधिकारी र गंगा गगनको विशेष रचना वाचन तथा सावाको सुसेली प्रवासमा विमोचन गरिनुका साथै अन्य श्रष्टाहरुको रचना वाचन कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीको प्रमुख आतिथ्यता र विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय सदस्य भुवन रोकाको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमका अन्य अतिथीहरुमा चन्द्र कुमार लिङनाम, पदमसिँ ठगुन्न, अनु थोकर, शुक्र राई, प्रेमिला गौचन लगायतका उपस्थिती रहेको थियो । विशेष अतिथी भुवन रोकाले मन्तव्य सहित आफ्नो रचना सुनाएका थिए। भने अर्का अतिथी पदम सिंह ठगुन्नाले शुभकामना सन्देश सहित रचना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सर्जकहरु सुरेन्द्र पोखरेल,विजय स्याङ्बो, शिवराज राई, विमन किराती, शुक्र राई, शंकर हरी खालिङ, सयपत्री थुलुङ, निशान राई, रविन्द्र दिखुक्पाले आफ्ना रचनाहरु वाचन गरेका थिए भने चन्द्र कुमार जबेगु र देवेन्द्र लावतीले सांगीतिक प्रस्तुति मार्फत महोललाई तताएका थिए ।
संस्थाका अध्यक्ष देवी बहादुर ईङनामको सभापतित्व सदस्य शंकरहरी खालिङको स्वागत मन्तव्य रहेको कार्यक्रम संस्थाका महासचिव रविन्द्र दिखुक्पा र सचिव विमन किराँतीको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend