logo
  • शनिबार, कार्तिक २२ २०८३

माघ २ देखि ओखरबोटमा इन्द्रेणीको विविध कार्यक्रम


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

बालकृष्ण सुवेदी,गलकोट,पुष २१ ।

इन्द्रेणी युवा क्लबले प्रथम वार्षिकोत्सब विविध खेलकुद तथा सास्कृतिक कार्यक्रम सहित मनाउने भएको छ ।गलकोटमै पहिलो पटक वडा स्तरीय क्लबको रुपमा गलकोट नगरपालिका वडा नम्बर ४ मा स्थापना भएको क्लबले माघ २ देखि ५ गते सम्म वार्षिकोत्सब मनाउने तयारी गरेको अध्यक्ष महेन्द्र खड्काले जानकारी दिए । खेलकुद आजको आवश्यकता ,विकृती र बिंसगती विरुद्ध युवाको एकता भन्ने नारा लिएर स्थापित क्लबले बागलुङको प्रचलित साविक वडा स्तरीय पुरुष भलिबल ,रस्साकस्सी ,बक्तृत्वकला ,रत्यौली प्रतियोगिता ,एकल नृत्य प्रतियोगिता लगाएतका कार्यक्रम आयोजना गर्ने भएको हो । युवाहरूलाई एकता बद्द गरेर समाज विकासमा आवद्द गराउने गराउने उदेश्यले वडाका सम्पुर्ण युवाहरुलाई समेटेर क्कब गठन गरि पहिलो वार्षिकोत्सब मनाउन लागेको खड्काले बताए ।

कार्यक्रम संचालनको लागि अहिले विभिन्न सहयोगदाताबाट सहयोग संकलन गरिरहेको क्लबका कोषाध्यक्ष राम खत्रीले बताए । अहिले सम्म स्वदेश र विदेशमा रहेका शुभेच्छुकबाट ७ लाख बढी संकलन भएको उनको भनाइ छ । कार्यक्रम संचालनको लागि ४ लाख खर्च हुने र बांकी रकमबाट क्लबको कोष संचालन र समाज विकासमा खर्च गर्ने कोषाध्यक्ष खत्रीले बताए । कार्यक्रममा चर्चित कलाकार हरि सुनार ,रेशम निर्दोस ,रिना केसि र संगितप्रेमी रिमा बस्नेत लगाएतका स्थानीय कलाकारको सास्कृतिक प्रस्तुति रहने सचीव धुर्व सुबेदिले जानकारी दिए ।

कार्यक्रम खरुवा माध्यमिक विद्यालय ओखरबोटमा संचालन गरिने उनले बताए । विद्यालयको जाडो बिदा पारेर पठनपाठनलाई असर नपुग्ने गरि कार्यक्रम आयोजना गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend