logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा अभिभावक महासंघ गठन


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री,गुल्मी पुष २१ ।

गुल्मीमा अभिभावक महासंघ गठन भएको छ । जिल्ला सदरमुकाम तम्घासमा भएको जिल्ला भरिका अभिभावकहरुको प्रथम भेलाले कृष्णराज ज्ञवालीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो ।जसको उपाध्यक्ष धनेन्द्र शर्मा, महिला उपाध्यक्ष शान्ता पाण्डे, सचिव सञ्जीवनि अर्याल, मिना गौतम, कोषाध्यक्ष भगवती श्रीस चयन, सह–सचिव शन्तराम पोखरेल चयन भएका छ्न । ‘सम्पुर्ण अभिभावकको एकता, जीवन उपयोगी शिक्षा आजको आवश्यकता’ भन्ने मुख्य नाराका कार्यक्रम गरिएको थियो । भेलालाई सम्बोधन गर्दै रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख डिल्लीराज भुसालले अभिभावकहरुको गठनले गुणस्तरिय शिक्षा प्रदान गर्न खबदारी गर्नु पर्ने बताए ।उनले शिक्षा व्यपारिकण हुन नसक्ने बताए । भेलामा अभिभावक महासंघ प्रदेश ५ का अधयक्ष र छिमेकी जिल्लाहरका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend