साझा नेटवर्क
सिर्जना आचार्य, कपिलवस्तु पुष २०।
औसिया गितको बजारमा सर्वत्र चर्चापछी, सवैको जनजिव्रोमा झुण्डिन सफल गित बन्न सफल भयो । यो गितको सफलतापछि मलाई विर्सेउ होला है, आमाको संझना लगायतका गित सार्वजनिक गरेका गायक सुरेश रमण अधिकारीले फेरि अत्यन्तै मन रुवाउने गित म किन अन्धो भैन गित बजारमा लिएर आएका छन ।
विछोडको कथा समावेश गरिएको यो गितमा आफुले मन पराएको मायांलाई अर्कैले आफनो बनाएको देख्नुभन्दा अगाडी किन अन्धो भैन म भनेर प्रश्न गरिएको छ । सागर रेग्मीले लेखेको गितलाई लय भरेका छन गायक सुरेश रमण अधिकारीले भने स्वर विष्णु माझी र सुरेशरमण अधिकारीले भरेका छन ।
अडियोसंगै भिडीयो अत्यन्तै उत्कृष्ट बनेको छ । चर्चित निर्देशक शिव विकले निर्देशन गरेको भिडीयोमा अहिलेका जल्दा बल्दा कलाकारद्धय आशिर प्रतापजंग र सारिका केसी र कपिल केसीले गितलाई केहि छिनको लागी आखा दायां बायां नपार्ने खालको अभिनयले लठठ बनाईदिएका छन ।
दिपक गिरीले खिचेको भिडीयोलाई अमित चापागाईंले सम्पादन गरेका छन भने गीतलाई हर्टविट नेपालको युवटयुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend