logo
  • शनिबार, साउन ९ २०८३

शिक्षाबाट आफू बन्चित भएर पनि जसले अरुलाई पढ्ने ब्यवस्था मिलाए


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

सिर्जना आचार्य, कपिलवस्तु पुष २० ।
कपिलवस्तुको मधेस बाहुल्य क्षेत्रमा धेरै नेताले राजनीति गरे चुनाव जिते सांसद र मन्त्री समेत भए । मधेस पछि परेको नभई पारिएको भन्दै आक्रोस पोख्दै समय विताए ।उनीहरु आफै सरकारका जिम्मेवार मन्त्री बन्दा समेत मधेस किन पछि परेको हो ? सोच्न भ्याएनन् । आफूले केही गरेनन तर अरुलाइ आरोप लगाउन भने छाडेनन् । यही श्रृंखला बर्षाै वर्षसम्म जारी रहयो ।

कपिलवस्तुको दक्षिणीभेगले नत छात्रालाई उच्च शिक्षा पढाउने शिक्षण सस्था नै पाउन सक्यो । नत छात्रकालागि क्याम्पस नै खुल्यो । मायादेवि र शुद्धोधन गाउपालिका उच्च शिक्षामा निकै पछि परि रह्यो । कपिलवस्तुको मधेस बाहुल्य क्षेत्रको उच्च शैक्षिक विकासमा कुनै लगानी भएन । कुनै योजना अघि सारिएन् ।

सो क्षेत्रवाट माननीयको दर्र्जा पाउनेमा हाल नयाँ शक्तिका प्रदेश ५ प्रमुख दान वहादुर चौधरी,नेपाली कांग्रेसका केन्द्रिय नेता दिपकुमार उपाध्याय, नेपाली कांग्रेसकै अर्का केन्द्रिय नेता अत्तहर कमाल ,संघिय समाजवादीका नेता शहसराम यादव ,नेकपाका नेतृद्धेय शुष्मा यादव र फौजिया नसिम सम्म रहे ।

उनीहरु कसैको सोचमा दक्षिण भेग पछिपरेको चेतना फिर्न सकेन । धेरै माननीयका भीडमा एक माननीय फरक पहिचानकासाथ कृयासिलछन् जसले दक्षिण भेगमा पहिलो क्याम्पस मात्र खुलाएनन् कन्याकालागि छुटटै कलेज स्थापना गरेर नेपाल र भारत सहित दुनियाका छात्राले पढ्न पाउने ब्यवस्था पनि मिलाएका छन् ।

त्यस्तो फरक पहिचान वनाउने माननीयको नाम हो चक्रपाणी खनाल बलदेव जसले आफुले पढ्ने वेलामा पञ्चायती शासनसंग भागदौड र लुकामारीमा परेकाले उच्च शिक्षा पढ्नवाट बञ्चित भए । तर माननियको दर्जा पाएपछि दक्षिणको शिक्षामा लगानी वढाउने अठोट लिए र गरेर पनि देखाए ।

फलस्वरुप कपिलवस्तु क्षेत्र नम्बर १ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड रुपैया मध्ये १ करोड रकम निर्वाचन क्षेत्रको दक्षिणभेगका २ ठूला शिक्षण सस्थाकालागि यसपाली विनियोजन भएको छ । त्यसरी ५० /५० लाख रकम शुद्धोधनमा कन्या कलेज चलाउन र पकडीमा क्याम्पस खोल्नकालागि विनियोजन भएको छ ।

सांसद खनालले दक्षिणको विकासकालागी शिक्षा नै पहिलो प्राथमिकता हो भन्ने बुझेर लगानी वढाएको वताए । पढ्ने वेलामा उच्च शिक्षा पढ्न नपाएकोमा क्षतिपूर्ति स्वरुप उच्च शैक्षिक क्षेत्रमा लगानी वढाउन भित्रै देखी दृढ इछा जागेको उनले जनाए । अरुले के गरे म चर्चा गर्न चाहान्न मैले ५ वर्षमा दक्षिण भेगको शिक्षामा उल्लेख्य परिवर्तन ल्याउछु बलदेलवे अठोट ब्यक्त गरे ।

शुद्धोधनको कन्या कलेजले अघल्लो वर्ष समेत सोही कोषवाट ५० लाख पाएर संचालनमा आएको छ । यसवाट एकातिर मेधसमा शैक्षिक जागरणको युग शुरु भएको संकेत गरेको छ भने अर्काेतर्फ मधेसका मसिया मधेसवादी दल हुन सक्दा रहेनछन् भन्ने संदेश प्रवाह गरेको छ ।

क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको संयोजकत्वमा रहने कार्यक्रम निर्देशक समितिका संयोजक तथा सांसद पूर्व चक्रपाणी खनाल बलदेबको अध्यक्षतामा बसेको बैठकले कुल १२ वटा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा रकम खर्च गर्ने निर्णय गरेको हो ।

समितिमा संघीय समानुपातिक सांसद, राष्ट्रियसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, क्षेत्रभित्र पर्ने पालिकाका प्रमुख र अध्यक्ष सदस्य रहने व्यवस्था छ । स्थानिय पूर्बाधार बिकास साझेदारी कार्यक्रम नियमवाली २०७६ को नियम ९ को सपनियम २ का अनुसार कार्यक्रम कार्यान्वयन समितिले क्षेत्र नम्बर १ मा २९ वटा योजना छनौट गरेको छ ।

बाणगंगा नगरपालिकामा वडा नं १० मा बनकट्टी पश्चिम भावपूर चोक राम प्रसाद थारुको घर नजिकबाट भेलैया हुदै बहादुरपुर जोड्नेस सडक कालेपत्रेका लागि ५० लाख ,बाणगंगा ११ पिपरा चाकलचौडा सडक देखी पश्चिम तर्फ चेतिया घरबुदिया हुदै ओदारी जोड्ने सडक कालोपत्रेका लागि ५० लाख विनियोजन भएको छ ।

बाणंगगा ११ कै भडसवा बनकट्टा बरगदहवा सडक कालोपत्रेका लागि ५० लाख , बाणगंगा ४ मा डुगहवा सिचाई कुलो निर्माणका लागि १५ लाख र बाणगंगा १ मा मेघराज ज्ञवालीको घरदेखी निवुवा गौडी चोकसम्म सडक कालोपत्रेका लागि २० लाख बजेट परेको छ ।

यस्तै बाणगंगा वडा १० मा मदरसा पूर्बाधार निर्माणका लागि १० लाख ,बाणगंगा २मा तारापति चौधरी देखी अगाडि बाटो स्तरोन्नतीका लागि १० लाख , बाणगंगा ३ मा बभनी चोक देखी बालापुर जोड्ने सडक स्तरोन्नतीका लागि १० लाख ,बाणगंगा ४ मा तिनकुने देखी लौहगिरिया सडक स्तरोन्नतीका लागि २० लाख ,बाणगंगा ५ मा मधौलिया बोडिग देखी ईट्टा भट्टा मटेरिया हुदै सिमलखोर सम्म सडक कालोपत्रेका लागि १० लाख रकम परेको छ ।

बाणगंगा ५ झण्डा मन्दिर देखी पश्चिम पार्वती आचार्यको घरहुदै जाने सडक कालोपत्रेका लागि १० लाख , बाणगंगा ६मा लक्ष्मणघाट खनालको घरदेखी सुठौली जानेबाटो स्तरोन्नतीका लागि १५ लाख ८० हजार रहेको छ ।

यसैगरि बाणगंगा ७ मा शान्ति टोल रिंगरोड अधुरो सडक कालोपत्रेका लागि १५ लाख ,बाणगंगा ८ मा राजमार्ग देखी उत्तर लोकराज गिरीको घर पुल र पिपलको बोट हुदै उत्तर जाने बाटो कालोपत्रे तथा १ सय ५ मिटर नाली निर्माणका लागि २२ लाख ,बाणगंगा ९ मा अर्घाखाँचाी चोक देखी भरतापुर स्कुलसम्म खाल कुला निर्माणका लागि १० लाख वजेट विनियोजन भएको छ ।

बाणगंगा ११ मा ओदारी स्कुल देखी पूर्ब कवार्डहल निर्माणका लागि १० लाख ,बाणगंगा ६ मा रहेको शबदह बिश्रा गृह स्थलको अधुरो भवन निर्माणका लागि १० लाख ,बाणगंगा ४ हरिहरपुरमा जगत भण्डारीको घरदेखी दक्षिण दलित टोल हुदै जाने सडक कालोपत्रेका लागि १० लाख बजेट बिनियोजन गरिएको छ ।

यस्तै कपिलवस्तु नगरपालिका ११ मा जहदी, बनगाई ,बरगहवा जाने सडक देखी उत्तरतर्फ बाणगंगा न.पा जोड्ने सडक कालोपत्रेका लागि ५० लाख , कपिलवस्तु नगरपालिका ९ मा हरनामपुर बुद्धचोक देखी जगदिशपुर सडक स्तरोन्नतीका लागि १० लाख , कपिलवस्तु नगरपालिका ७ मा सेरहिया र सेरहवा बिच कल्भटका लागि १५ लाख , कपिलवस्तु नगरपालिका ७ मै पश्चिम बगरदवा गाउँको दक्षिण अधुरो भलभर्ट निर्माणका लागि १० लाख बजेट बिनियोजन गरिएको छ ।

शुद्धोधन गाउपालिकामा वडा नं ४ मा कन्या कलेज निर्माणका लागि ५० लाख ,शुद्धोधन १ मा बगदी खरेयान देखी वडा कार्यालय सोहसा सम्म बाटो स्तरोन्नतीका लागि १८ लाख , शुद्धोधन ५ मा हुलाकी सडक देखी शिबपुर बिचौवापुर ,बिष्णुपुर सम्म सडक र कल्भट निर्माणका लागि १० लाख , शुद्धोधन ३ गाउको कालोपत्रे देखी शिवलौहिवा ,लवनी खण्ड जोड्ने बाटो स्तरोन्नतीका लागि १० लाख बजेट बिनियोजन गरिएको छ ।

मायादेबी गाउपालिका १ मा सेमरा स्थित बाटो पिसिसिका लागि १० लाख , मायादेबी गाउपालिका २ मा भैसकुण्डा मनखोरिया सडक निर्माणका लागि १५ लाख ,मायादेबी गाउपालिका १ मा पकडी क्याम्पस सञ्चालन भवन निर्माणका लागि ५० लाख बजेट बिनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend