साझा नेटवर्क
गंगा भण्डारी, बुटवल पुष २०।
रुपन्देहीमा गृहकार्य नगरेको भन्दै शिक्षकको कुटाइबाट एकजना विद्यार्थी घाइते भएका छन् । सम्मरीमाई गाउपालिका ६ को ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत तौफिक धुनिया गृहकार्य नगरेको भन्दै शिक्षक शैलेन्द्र बरई बाट निर्घात कुटिएका हुन् ।

तौफिकका हजुरबुवा मोहम्मद हुसेनले स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा ल्याइएको बताउनु भयो ।
स्कुलका प्रधानाध्यापक सुरेन्द्र बरईले भने विद्यार्थी माथि कुटपिट नभएको दाबी गरेका छन । शिक्षकको कुटाइबाट १० वर्षीय छात्र धुनियाको बायाँ आँखामा गम्भीर चोट लागेको छ ।
त्यस्तै कुटपिटमा संलग्न शिक्षकलाई कारबाही गर्न माग गर्दै प्रहरीकोमा जाँदा प्रहरीले उजुरी नै लिन नमानेको पीडित परिवारले गुनासो गरेको छ । इलाका प्रहरी कार्यालय मर्चवारले भने प्रक्रिया पुर्याएर उजुरी लिएर आए उजुरी दर्ता गर्ने बताएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend