logo
  • शनिबार, कार्तिक २२ २०८३

रेमलिटोला प्राविको ४०औं वार्षिकोत्सव सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

कमल पौडेल,बडिगाड पुष १८ ।

रेमलिटोला प्राथमिक विद्यालय बडिगाड गाउँपालिका २, सक्न्यारको ४०औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु प्रसाद भुसाल, बडिगाड गाउँपालिका वडा नं. २ का अध्यक्ष ढालेन्द्र शेरचन, वडा सदस्य गोम बहादुर राना, सुर्य बहादुर अधिकारी, त्रिभुवन नमुना मावि खर्वाङका प्रधानाध्यापक ढालमणि भण्डारी, पौदिटारी आधारभुत विद्यालयका प्रधानाध्यापक टिका भुजेल, भगवति प्राथमिक विद्यालयका प्रधानाध्यापक शिवलाल बन लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा जग्गादाता, चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।सो अवसरमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु प्रसाद भुसालले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुका प्रतिभा पहिचान सहित खेलकुद तथा बौद्धिक कार्यक्रमहरु सञ्चालन गरिएको थियो । कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष भक्त बहादुर सलामीको अध्यक्षता शिक्षक नरमति भुजेलको स्वागत मन्तव्य तथा शिक्षक सुश्मा घर्तिको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend