logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा हिमपात र वर्षाका कारण जनजिवन प्रभावित


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अजय जेम्स, गुल्मी पुस १८।
केही दिन देखी मौसममा आएको परिवर्तनका कारण गुल्मीमा चिसो बढेको छ ।

बिहान देखी अविरल रुपमा परेकोे पानीका कारण जनजीवन कष्टकर बन्न पुगेको हो । गुल्मी जिल्लाको सदरमुकाम तम्घास नजिकै रेसुङ्गा क्षेत्रमा हिउँ परेको छ । गुल्मीको सदरमुकाम तम्घासमै झण्डै १३ वर्ष पहिले अत्याधिक मात्रमा हिमपात भएको थियो । ०६३ साल फागुनमा तम्घास बजारमा हिउँ परेको थियो । त्यसैगरि गत वर्षको माघ १२ र २६ गते रेसङ्गा डाडाँ लगायत तम्घास बजारका केहि ठाउँ सम्म बाक्लो हिउँ परेको थियो ।

गत वर्ष देखि लगातार रेसुङ्गा क्षेत्रमा हिउँ पर्न थालेको हो । रेसुङ्गामा हिउँ परे संगै धेरैले समाजिक संजालमा रेसुङ्गाको हिउँ सहितका तस्वीरहरु राखेर खुसी व्यक्त गरेका छन् । भ्रमण वर्षको सुरुवातमा यसरी हिउँ पर्दै गर्दा रेसुङ्गाको प्रचारसमेत भएको स्थानीयको विश्वास छ ।

त्यस्तै गुल्मी क्षेत्र नम्बर १ का उच्च क्षेत्र भार्से, सत्यवति ठुलोलुम्पेक लगायतका क्षेत्रमा पनि हिउँ परेको छ । यता मदाने क्षेत्रमा पनि हिउ परेको छ । अत्याधिक चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको हो। चिसाका कारण दिनभर बजार क्षेत्र समेत सुनसान बन्न पुगको थियो । चिसोका कारण वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend