साझा नेटवर्क
अजय जेम्स,गुल्मी पुष १७ ।
गुल्मीमा बिप्लब समुहका जिल्ला नेताले जिल्ला प्रशासन कार्यलय गुल्मीमा आत्म समर्पण गरेका छन् ।
बिगत तीन बर्षदेखि बिप्लब समुहमा जिल्ला सचिवालय सदस्यका रुपमा रहेका मालिका गाउँपालिका वडा नं १ नेटाका दुजमान पुनले आफूलाई चारैतिर बाट खतरा भएको रअब स्वतन्त्र रुपमा रहने भन्दै प्रशासन समक्ष आफै आई आत्म समर्पण गरेको गुल्मी जिल्लाका प्रहरी प्रमुख ,प्रहरी उपरीक्षक राजेन्द्र सिंह खडकाले जानकारी दिए ।
आफूले सोचेअनुरुप पाटीले काम नगरेको र आर्थिक गतिबिधिमा मात्र सीमित भएकाले आफूले पाटी त्याग गरेको पु्नले जनाएका छन् । आजदेखी आफू स्वतन्त्र नागरिकको रुपमा जीबन यापन गर्न चाहेको उनले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend