logo
  • शनिबार, भाद्र २० २०८३

नेपाल भ्रमण बर्ष २०२० को लागि एनआरएनए कतारद्वारा हेल्प डेस्क स्थापना


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले नेपाल भ्रमण बर्ष सन् २०२० को लागि हेल्प डेस्क स्थापना गरेको छ ।
नेपाली राजदुतावास कतारमा मंगलबार साझ एक कार्यक्रमका बिच कतारका लागी नेपाली राजदुत डा. नारदनाथ भारद्वाज वाग्लेले हेल्प डेस्कको उद्घाटन गर्नुभएको हो ।
हेल्प डेस्कको उद्घाटन गर्दै राजदुत भारद्वाजले भ्रमण बर्षको अवधीमा प्रत्येक नेपालीले कतारी संगै यहाँ कार्यरत अन्य देशक ब्यक्तिहरुलाई नेपाल पठाउन सके नेपाल भ्रमण बर्ष सफल हुने बताउनुभयो । राजदुत भारद्वाजले अरब बिश्व अर्थतन्त्रको केन्द्र बन्दै गएकोमा कतार प्रमुख रहेको भन्दै कतारको विकास सङ्ग नेपाललाई जोडनु नै आफ्नो प्रमुख उदेश्य रहेको बताउनुभयो ।
नेपालले सरकारले कतार स्थित राजदुतावासलाई प्राथमिकतामा राखेको र कतार सरकार तथा जनता पनि नेपाललाई सहयोग गर्न इच्छुक रहेकोले आर्थिक कुटनैतिक नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।
कार्यक्रममा आइसिसी सदस्य एवं भ्रमण बर्षको लागी एनआरएनका मध्यपुर्व संयोजक रमेश भट्टले एनआरएनएले भ्रमण बर्षको लागी गरेको तयारी बारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको समापन गर्दै एनआरएनए एनसिसि कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष सफल बनाउनु सबैको दायित्व रहेको भन्दै आफ्नो ठाउँ बाट सहयोग गर्न आग्रह गर्नुभयो ।
हेल्प डेस्क नेपाली राजदुतावासमा स्थापना गरिएको हो । खास गरि दूतावासमा आउनुहुने ब्याक्तित्व जो कतार वा अन्य देशको हुनुहुन्छ उहाँलाई भिसा प्रक्रिया बारे जानकारी तथा नेपाल सरकारले तयार गरेको क्याटलक दिने र बुझाउने काम गरिनेछ । हेल्प डेस्क नेपाली दूतावासकै समयमा खुल्ने र बन्द हुनेछ जहाँ नियमित दूतावासकै कर्मचारी हुनुहुनेछ भने भोलीएन्टर रुपमा एनआरएनए एनसिसि बाट पनि खटाइने छ । यसको प्रमुख उदेश्य नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२०लाई सफल बनाउनु नै हो । एसीसी कतारका प्रवक्ता सन्तोष क्षत्रीले जनाकारी गराउनुभएको थियो ।

एनआरएन अभियानता तथा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष उत्तम गुरुङले गर्नुभएको थियो भने सन्चालन महासचिव पदम गिरिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend