logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीको रिडीमा दोश्रो रुरु महोत्सव हुने


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री,गुल्मी पुष १५ ।

जिल्लाको ऐतिहासिक क्षेत्र रुरु स्थित रिडीमा झण्डै एक दशक पछि दोश्रो रुरु महोत्सव हुने भएको छ । रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर १ मा गुल्मी उद्योग बाणिज्य संघ रिडी शाखाको आयोजनामा यहि पौष २९ देखि माघ ९ गतेसम्म रुरु महोत्सव हुने भएको हो ।गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरुक्षेत्र गाउँपालिकाको रिडीमा माघे सक्रान्तीको अबसरमा मेला पनि लाग्ने गर्दछ । तर यस वर्ष भने महोत्सव हुने भएको छ । रुरु क्षेत्रको धार्मिक, ऐतिहासिक, पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै नेपाल भ्रमण वर्ष र त्यसको प्रभावमा ल्याउनको निम्ति रिडीमा महोत्सव हुने भएको छ । महोत्सवको आयोजना गुल्मी उद्योग वाणिज्य संघको रिडी शाखा तथा रुरु फ्रेन्डस क्लबले संयुक्त रुपमा अयोजना गर्न लागेको हो ।

महोत्सवको माध्यमबाट रिडीमा झण्डै २ लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष राखिएको छ । महोत्सवबाट संकलन हुने रकमले रिडीक्षेत्रको बृहतर बिकासका लागि खर्च गर्ने र आउदा बर्षहरुमा गरिने महोत्सबका लागि कोष खडा गरिने सुवर्णलाल कक्षपतिले जानकारी दिए । महोत्सव नजिकदै गर्दा विभिन्न बिधामा उपसमितीहरु गठन गरि जिम्मेवारी समेत बाँडफाँड गरिएको छ ।मेलामा घरेलु उत्पादीत सामग्री, कृषिउपज वस्तुहरुलाई प्रर्दशनीमा राखिने भएको छ । रुरु महोत्सवमा विशेषगरि कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामग्रिहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ ।व्यापार तथा धार्मिक पर्यटनका लागि व्यपारिहरु रुकुम रोल्पालगायतका ठाउँवाट रिडी आउने गर्दछन् । मेलामा बिबिध साँस्कृतिक कार्यक्रम समेत हुनेछ । महोत्सवसँगै रिडीमा माघे सक्रान्ति देखि तीनदिन सम्म कालीगण्डकीमा स्नान गरेर हृषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्तहुने विश्वास छ । चार धाममध्यको प्रशिद्ध धार्मिक स्थल रुरु (रिडी)मा माघे सक्रान्ति मेला सुरू भएसँगै नुहाउने भीडभाड लाग्ने गर्द छ । गुल्मी, पाल्पा र स्याङ्जाजिल्लाको संगम स्थल रिडीमा माघे सक्रान्तिको अवसरमा स्नानगर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक विश्वास छ ।

यस क्षेत्रमाप्राचिन समयमा देबदत्तऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । रुरु क्षेत्रको हृषीकेश मन्दीरमा नेपालकै सबै भन्दा ठुलो भगवानको मुर्तीपनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend