logo
  • शनिबार, कार्तिक २२ २०८३

रूरूक्षेत्र गाँउपालिकासहित तीन संस्थामा ताेडफाेड, साढे सात लाख चाेरी


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हुमाकान्त पाेखरेल,गुल्मी पुष १५।
गुल्मीको रूरूक्षेत्र गाँउपालिका सहित तीन संस्थाहरूमा ताेडफाेड गरि साढे सात लाख चाेरी भएकाे छ ।

गएराति अज्ञात समुहले गाँउपालिकाकाे ताला ताेडि अध्यक्ष निलकण्ठ गाैतम र उपाध्यक्ष लक्ष्मीदेवि पन्थकाे कार्यकक्षकाे दराज फुटाएका छन् । गाँउपालिका उपाध्यक्षकाे कार्यकक्षमा अनुसन्धानकाे लागि राखेकाे दुई लाख ५० हजारकाे चेक चाेरले लगेकाे गाँउपालिकाका स्वास्थ्य संयाेजक छत्र अधिकारीले जानकारी दिए ।

गाँउपालिकाका कम्युटर, कागजपत्र लगायतका सामग्रीहरू भने सुरक्षित रहेका छन् । त्यसैगरी मैत्री सहकारीमा पनि ताेडफाेड भएकाे छ । कार्यालयमा रहेकाे पाँच लाख ९२ हजार चाेरी भएकाे छ । भने अाइएम्ईमा पनि ताेडफाेड भएकाे छ । बाहिर कुनै रकम नभएकाेले रकम भने हराउन नपाएकाे प्रहरीले जनाएकाे छ ।

अहिले मुजुल्का उठाई घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । स्मरण रहाेस्, केही दिन पहिले मालिका गाँउपालिका ७ घमिरमा पनि कार्यालय ताेडफाेड गरि ३० हजार चाेरी भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend