logo
  • शुक्रबार, असोज ९ २०८३

भष्ट्रहरु आत्तिए : मन्त्री ज्ञावाली


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सज्जन ढकाल,गुल्मी पौष १३ । 

कालिगाण्डकी गाउँपालिका पुर्तिघाटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा )ले  अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । उक्त कार्यकर्ता भेलालाई नेपाल सरकारका परराष्ट्र मन्त्री तथा स्थायी कमिटी सदस्य प्रदिप कुमार ज्ञावलिले विशेष सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै राज्य सत्ता ,पहुँच, पद र शक्तिको आडमा भ्रष्टाचार गर्ने जो  कसैलाइ पनि संरक्षण नहुने र देशमा यति बेला कम्युनिस्टको स्थायी सरकार गठन भयकाले अस्थिरता चाहाने शक्तिहरु र भ्रष्टहरु आत्तियको उनले बताए । कतिपय भ्रष्टाचारि हरु आत्महत्या गर्न थालेको पनि उनले जिकिर गरे । भ्रष्टाचारिहरु लाइ कानुनी कठघरामा उभ्याउन सरकार तल्लिम रहेको उनले दाबी गरे । पछिल्लो समयमा हामी माझ बल्झियको नेपाल र भारतको सिमा बिबाद लिपु लेक र लिम्पियाधुरा बारे कुटनैतिक तरिकाबाट सिमा बिबाद समाधान गर्न सरकार लागिपरिरहेको पनि बतायका छन  । नेपालि सार्बभौमसत्ता र स्वाधिनता माथी गरियको प्रहार नेपालिलाइ सैह नहुने र समृद्धिको मुख्य आधार सिला निर्माणमा सरकार विशेष रुपमा लागि परेको प्रष्ट पारेका थिय ।

साथै देसमा तीन तहको सरकार भयकाले भ्रष्टाचारि जो कसैलाइ पनि नछोडने दाबी गरे । केन्द्र प्रदेस र स्थानिय सरकारले भ्रष्टाचारको विशेष निगरानी गरेकाले कसैलाइ काखा र पाखा पनि नगरिने बिधिको सासनमा सबैलाइ समान दृस्ठिकोण हुने दाबी गरे । पछिल्लो समयमा द्रुत गतिमा निर्माण भयको कालीगण्डकी करिडोर लगायत अन्य सडकहरु र स्थानिय उत्पादनलाइ जोड दिदै स्थानियलाइ आर्थिक तवरमा बलियो बन्न विशेष सुझाव दिए  । आफुले निर्बाचनमा घोषणा गरेका प्रतिबद्धताहरु पूरा गर्दै स्थानिय तहको बिकास परिवर्तन र समृद्धिनै आफ्नो मुख्य यजेण्डा रहेको दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend