साझा नेटवर्क
साझा नेटवर्क,गुल्मी पुष १३ ।
नेपाली काँग्रेस गुल्मीले स्थानीय तहमा हुने गरेका अनियमिता, भ्रष्टाचारको विरुद्ध भण्डारफोर गर्ने बताएको छ । शनिबार तम्घासमा बसेको नेपाली कांग्रेसको २९ औँ बैठकले स्थानीय तहमा हुने भ्रष्टाचारका विरुद्ध भण्डाफोर गर्ने बताएको हो ।
पछिल्लो समय स्थानीय तहमा देखिएको भ्रष्टाचारको भण्डाफोरका लागि जनचेतना फैलाउने कार्यक्रम तय भएको नेपाली काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले जानकारी दिए । बैठकमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको स्थानीय तह पुर्नसंरचना कार्य विधि २०७६ भित्र रहेर जिल्लामा पनि गाउँपालिका, नगरपालिका, प्रदेश र क्षेत्रकोे सांङगठिनक ढाचाँलाई पूर्णता दिईएको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले बताए ।
बैठकले यहि पौष १६ गते जिल्लाका सबै स्थानीयतहमा भव्य रुपमा राष्ट्रिय मेलमिलाप दिवस मनाउने निर्णय समेत गरेको छ । राष्ट्रिय मेलमिलाप दिवसमा जिल्लाबाट प्रतिनिधि समेत सहभागी गराउने सभापति श्रेष्ठले बताए । एक महिने बृहत प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय समेत भएको छ, सभापति श्रेष्ठले जानकारी दिए । बैठकमा जिल्लाका पदाधिकारी, क्षेत्रीय सभापतिहरु, पूर्व जिल्ला सभापतिहरु, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend