साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं पुष ९ ।
चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद भएको छ । बुधबार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए ।
उनका अनुसार न्यायाधीश विदुर कोइरालाको इजलासले मुद्दा टुंग्याएको हो । सम्बन्धविच्छेदका लागि निलम शाहले मंगलबार निवेदन दिएकी थिइन् । उनीहरूबीच सम्बन्धविच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन् । शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन् ।
तर, छोरीको लालन-पालनमा भने उनीहरूको बराबरी हक लाग्ने आदेश भएको श्रेष्ठले बताए । ढकाल र शाहबीच प्रेम विवाह भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend