साझा नेटवर्क
sf7df8f}F, * k'; . /fi6«klt ljBfb]jL e08f/L;Fu cfˆgf] sfo{sfn k"/f u/L :jb]z kms{g nfUg' ePsf g]kfnsf nflu ef/tsf /fhb"t dl~hel;+x k'/L dªunaf/ /fi6«klt sfof{no, zLtnlgjf;df labfO e]6 ub}{ . ;fydf >LdtL k'/L . t:jL/ ;f}hGo M /fi6«klt sfof{no, /f;;
साझा नेटवर्क,काठमाडौं पुष ८ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालमा आफ्नो कार्यकाल पूरा गरी कूटनीतिक सेवाबाट निवृत्त हुन लागेका नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल-भारत सम्बन्ध,आपसी हित र चासोका विषयमा विचारविमर्श भएको थियो ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उनले बिदाइ भेट गरे । भेटका बेला दुई देशबीचको शताब्दीऔँ पुरानो सम्बन्ध,पारस्परिक साझेदारी र सहकार्य लगायत समसामयिक विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले राजदूत पुरीलाई उहार पनि प्रदान गरे । दुवै भेटमा राजदूत पुरीका साथ उनकी श्रीमती पनि थिइन् । सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवास बालुवाटारमा राजदूत पुरीले बिदाइ भेट गरेका थिए ।
सन् २०१७ को २६ मार्चदेखि भारतीय राजदूतको रुपमा सेवा गरेका उनी १ जनवरी २०२० मा स्वदेश फर्कदै छन् । रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend