साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौ पौष ०८।
सामाजिक सञ्जालमा केही दिन देखि एउटा फोटो ‘भाइरल’बनेको छ।
गत बिहीबार दस हजारभन्दा बढी युवाको भिडमा देखिएकी उनी हुन् ७० वर्षीया नानीमैयाँ श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोहबाट पहेँलो फुर्का झुन्डिएको कालो टोपीसँगै ती महिलाले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त पोसाक लगाएकी हुन् ।
जीवनका सात दशक काटेकी नानीमैयाँले पाटन क्याम्पसबाट नेपाल भाषामा स्नातकोत्तर गरेकी छन्। दीक्षान्त समारोहमा नानीमैयाँ धेरैका लागि प्रेरणा बनिनकि छन् । घर पहिल्याउन नसकेपछि उनी नातिको हात समातेर बाटोसम्म लिन आइन्। उनका श्रीमान र कान्छी छोरी पनि घरै थिए। नानीमैयाँको पढाइले ल्याएको खुसी सबैका अनुहारमा देखिन्थ्यो।
उनीले भनिन्, ‘मेराबारे सबै यो किताबमा लेखेको बताइन। दुई वर्षअघि लेखेको यो किताबको नामको अतीतका सम्झनाहरू’ ‘रहेको बताइन उनको जन्म २००६ सालमा ललितपुर, गावहालमा जन्मेकी उनले दस वर्षकी हुँदासम्म स्कुल जाने रहर मात्र बोकिरहिन्। स्कुल नजिकै भए पनि कक्षाकोठा, कालोपाटी, बेन्च, शिक्षकशिक्षिका र साथीहरूको अनुभव गर्न पाएकी थिइनन्।
‘पछि निकै जिद्दी गरेपछि बाबाले स्कुल पठाउनुभयो। केटी मान्छेले मात्रै पढ्ने आदर्श कन्या निकेतनमा भर्ना भएँ,’ ६० वर्ष पुरानो दिन सम्झेर आज पनि उनी खुसी देखिइन्। स्कुल भर्दा हुँदा अझै दंग परेकी थिइन् होला। केटीहरूका लागि मात्र भर्खर खुलेको स्कुलमा विद्यार्थी थोरै थिए। उनी २ कक्षाबाट एकैपटक ५ मा पुगेको बताइन।
‘बिहानभरि घरको काम, दिउँसो स्कुल, बेलुका फेरि घरको काम,’ नानीमैयाँले आफ्नो मेहनत सुनाइन्, ‘घरमा पढ्न कहिल्यै पाइएन। होमवर्क स्कुलमै सकेर फर्किन्थ्यौं।’ यसरी नै उनले सरासर पढिन्। २०२४ सालमा एसएलसी पास भइन्। पढ्ने भोक झनै बढ्यो। चलन उस्तै थियो- केटीले किन पढ्ने?नानीमैयाँले प्रविणता तह पढ्न केटाहरूसँग नबोल्ने सर्तमा बुवाबाट अनुमति पाइन्। अर्थशास्त्र, भूगोल र नेपाली विषयमा आइए पढ्न थालेकी उनले सरासर पास गरिहालिन्।
‘जो पास हुनुपर्ने हो त्यो फेल भयो, जो नपढे पनि हुने, ऊ चाहिँ पास,’ बुवाका भनाइ उद्धृत गर्दै उनले सुनाइन्, ‘आइएमा दाइ फेल र म पास हुँदा बाबाले भन्नुभएको थियो।’ २०२८ सालमा नेपाली र अर्थशास्त्र विषय लिएर उनी बिए पढ्न भर्ना भइन्। राम्रै पढेकाले घरबाट रोक भएन। तर बिए पढ्दापढ्दै उनको बिहे भयो। घरनजिकै मंगलबजारमा आफ्नै दिदीका देवरसँग उनको मागी बिहे भएको बताइन्।
‘त्यो बेला घर, छोराछोरी, गुठी सबै आफैं सम्हाल्नुपर्ने हुनाले पढाइ राम्रो भएन। म फेल भएँ,’ उनले सुनाइन्। उनका श्रीमान त्यो बेला नेपाल बैंक लिमिटेडमा जागिरे थिए। २०३१ सालपछि भने न्याय सेवामार्फत् सरकारी जागिर सुरू गरे। नानीमैयाँले बिग्रेको भने पनि त्यही बीचमा पढाइ पूरा गरिन्। २०३४ सालमा बिए पास गर्दा उनी दंग थिइन् रे।
भनिन्, ‘२०३६ सालमा पनि बिए पासको दीक्षान्त लिएकी थिएँ नि।’स्नातक सकेपछि उनी श्रीमानसँगै धनकुटा जाने भइन्। ठूली छोरीलाई ललितपुरमै छाडेर २ वर्ष धनकुटा बसिन्।रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend