साझा नेटवर्क
कमल पौडेल, बागलुङ पुष ०७।
त्रिभुवन नमुना माध्यमिक विद्यालय बडिगाड गाउँपालका २, खर्वाङको ६० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सुरु भएको छ।
४ दिन सम्म चल्ने कार्यक्रमको पहिलो दिन विविध प्रतियोगितात्मक कार्यक्रम हरु सम्पन्न भएका छन्। जस अन्तरगत नेपाली माध्यमको हाजिरि जवाफ प्रतियोगीतामा गंगा सदन प्रथम, धर्म सदन द्धितिय, दशरथ सदन तृतिय, अंग्रेजी माध्यम तर्फ दशरथ सदन प्रथम, धर्म सदन द्धितिय, शुक्र सदन तृतिय, मावि स्तरीय वक्तृत्वकला प्रतियोगीतामा नेपाली माध्यम तर्फ गंगा सदनवाट किनार विक प्रथम, दशरथ सदनवाट सोनिया भुसाल द्धितिय र धर्म सदनवाट सुस्मा पौडेल तृतिय भएका छन्, अंग्रेजी माध्यम तर्फ गंगा सदनवाट तेजश्वी भण्डारी प्रथम, दशरथ सदनवाट प्रशुदा जिसि द्धितिय र धर्म सदनका समिर पौडेल तृतिय भएका छन्।
त्यस्तै अन्तरसदनात्मक मावि जुनियर र सिनियरका सटफुट प्रतियोगीता पनि सम्पन्न भएको छ। मावि जुनियर तथा सिनियर को छात्रा तथा छात्रको पहिलो चरणको भलिवल प्रतियोगीता पनि सम्पन्न भएको छ। कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विष्णु भुसालको अध्यक्षता, शिक्षकहरु कमल पौडेल, हेमन्त घिमिरे, केहरसिंह राना, अनित पुनको संचालनमा सम्पन्न भएको थियो। विविध प्रतियोगितात्मक कार्यक्रम सहित सुरु भएको वार्षिकोत्सवको ८ गते अर्थात भोली विहान ९ः३० वाट भलिवल प्रतियोगिता सुरु हुने, विविध साँस्कृतिक कार्यक्रम सहित वादविवाद, हाजिरिजवाफ, लंगजम्प, हाइजम्प लगाएतका कार्यक्रम हुने आयोजकले जनाएको छ। कार्यक्रमको १० गते प्रदेश सांसद चन्द्र बहादुर वुढा सागर, गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजा लगाएतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
खड्कदेवि माविको ५९ औं वार्षिकोत्सव सुरु भएको छ। पहिलो दिन ५ सय मिटर छात्रा दौडमा दशरथ सदनका जुनु पुन प्रथम, शुक्र सदनका तिर्सना थापा द्धितिय र गंगा सदनका असिम रामजाली तृतिय भएका छन्। त्यस्तै म्याराथुन दौडमा गंगाबहादुर कुवर प्रथम, योगेन्द्र घर्ति द्धितिय, र कपिल बन तृतिय, मावि हाजिरिजवाफ प्रतियोगीतामा गंगा सदन प्रथम, शुक्र सदन द्धितिय र धर्म सदन तृतिय, रिले दौड प्रतियोगीतामा छात्र तर्फ गंगा सदन प्रथम, दशरथ सदन द्धितिय, र शुक्र सदन तृतिय भएका छन्।
प्राविको मिठाइ दौड, हिसाव दौड, रिले दौड लगाएत कार्यक्रम सम्पन्न भएको शिक्षक कमल खरेलले जानकारी दिनुभएको छ। कार्यक्रम को संचालन शिक्षक हरि चालिसेले गर्नुभएको थियो। ३ दिन सम्म चल्ने कार्यक्रमको दोश्रो दिन भलिवल, वादविवाद, कविता वाचन लगाएत विविध कार्यक्रम रहेको आयोजकले जनाएको छ। कार्यक्रमको ९ गते प्रदेश साँसद चन्द्र बहादुर वुढा सागरले उद्घाटन गर्ने विद्यालयले जनाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend