साझा नेटवर्क
जोगिन्द्र मल्ल,प्युठान पौष ७ ।
फुलबारी एकीकृत ग्रामीण बिकास संस्था (फिर्दो) नेपालको आयोजनामा युएसएड पानी परियोजना अन्तर्गत जलाधार ब्यबस्थापन समितिका लागी क्षमता अभिवृद्धि कार्यक्रम आज गौमुखी गाउँपालिकामा सम्पन्न भएको छ ।
गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरिको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य फुलबारी एकीकृत ग्रामीण बिकास संस्थाका अध्यक्ष गुणेन्द्र बस्नेतले संस्थाले गरेको कामको बारेमा प्रष्ट पार्नु भएको छ । सो कार्यक्रममा जलबायु परिवर्तन हुनुका कारण असर/प्रभाव ,श्रोत साधन,अनुकुलन र समस्याले गर्दा जलवायु परिवर्तन भएको तथा न्यूनीकरण कसरी गर्न सकिन्छ।भुसंरक्षण, भूक्षय रोकथाम, बृक्षारोपन ,पहिरो नियन्त्रण र कम खर्चिलो जैविक प्राविधि लगायत विषयमा छलफल भएको थियो ।
यसैबीच फुलबारी एकीकृत ग्रामीण बिकास संस्थाकै आयोजनामा उद्योग पर्यटन बाताबरण तथा बन मन्त्रालय घरेलु तथा साना उद्योग बिकास समिती ५ न प्रदेशको सहयोगमा गरिबी निबारणका लागी उधम बिकास कार्यक्रम अन्तर्गत गाउँपालिका स्तरीय अभिमुखिकरण कार्यक्रम पनि सम्पन्न भएको छ । गरिब र बिपन्न बर्गका परिबारलाइ जिबिकोप्रार्जन रआर्थिक स्तर अभिवृद्धि गर्नका लागि मेदेप उधम बिकास कार्यक्रम अन्तर्गत रोजगार ,बस्तु सेवा,बजारिकरण तथा ब्यबसाय परामर्श ,सामाजिक परिचालन ,उधम शिलता बिकास,प्राबिधिक सिप बिकास,लघुबित्तमा पहुँच ,प्रबिधीमा पहुँच लघुउधमी सिर्जना र बिकास लगायतका कार्यक्रम हुने बताइएको छ ।
समापन कार्यक्रममा बोल्दै अध्यक्ष बिष्णु कुमार गिरिले दुर्गम ठाउमा परेको कार्यक्रम प्रभावकारी बनाउन संस्था र गाउँपालिका बीच पारस्परिक सम्बन्ध हुनु पर्ने बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend