logo
  • शनिबार, साउन ९ २०८३

अबदेखि नेपाल टेलिकमको वेबसाइटबाट आवश्यक नम्बर थाहा पाईने


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

साझा नेटवर्क,काठमाडौं पुष ६ ।

नेपाल टेलिकमले वेबसाइटबाट नै आवश्यकता बमोजिमको टेलिफोन नम्बर थाहा पाउन सकिने नयाँ सुविधा ल्याएको छ । यसअघि थाहा नभएका टेलिफोन नम्बरहरु १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकोमा अब कम्पनीको वेबसाइटबाटै पनि हेर्न सकिने भएको हो ।नेपाल टेलिकमले वेब पेजमार्फत पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याएको हो । यसका लागि कम्पनीको वेबसाइट www.ntc.net.np मा लगअन गर्नु पर्नेछ । त्यसपछि त्यहाँ दिइएको टेलिफोन इन्क्वाइरीमा आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्न सकिने कम्पनीले जनाएको छ ।

व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ । त्यस्तै, संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

विगतमा पनि पीएसटीएन टेलिफोन नम्बर खोज्नका लागि कम्पनीको मुख्य वेब पेजमार्फत वेबमा आधारित इन्क्वायरी सिष्टम सञ्चालनमा रहेको थियो । अहिले त्यही सेवालाई  परिमार्जित रुपमा सञ्चालनमा ल्याइएको हो ।

डाटा प्रयोगकर्ताहरुको संख्यामा उल्लेख्य वृद्धि भएको कारणले गर्दा पनि ग्राहकहरुलाई वैकल्पिक माध्यमबाट जुनसुकै बेला सेवा उपलब्ध गराउन सो व्यवस्था ल्याइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend