साझा नेटवर्क
सृजना आचार्य, कपिलवस्तु पुष ५ ।
नेपाल कराँते महासंघ कपिलबस्तु शाखाले खेलाडीहरुको नेतृत्व बिकाशकोलागि तीनदिने अभ्याससातमक गोष्ठि चलाउने भएको छ ।

शाखाको शनिबार समपन्न बैठकले जिल्लामा रहेका सिनियर खेलाडीहरुको नेतृत्वकोलागि भन्दै आगमी माघ ३, ४ र ५ गते अभ्याससातमक गोष्ठि गर्न लागेको जिल्ला शाखाका अध्यक्ष रामु सुवनारले बताए ।
जिल्लामा रहेको खेलाडीहरुमा बेला-बेलामा अभ्यासका कार्यक्रम आवश्यक पर्ने भन्दै यस्तो किसिको कार्यक्रम गर्न लागिएको सुनवारको भनाई छ ।
जिल्ला शाखाको शनिबारको बैठकले खेलाडीको नेतृत्व बिकाशसँगै खेलाडीको ग्रेडिङ समेत कायम गर्ने निर्णय गरेको छ ।
जिल्लामा ठुलोमात्रामा कराँतेका खेलाडी भएको भएपनि उच्च् स्तरको खेल अभ्यास हुन नसक्दा खेलाडीले प्रतिभा देखाउन सकेका छैनन् । तीन दिनसम्म सञ्चालन हुने अभ्याससामक गोष्ठिमा सिनियर खेलाडी समाबेस गराईने छ ।
यसरी तीन दिनसम्म सिकेको ज्ञान आगमी दिनमा नया खेलाडीलाई सिकाउन सकेमा कराँते खेलमा खेलाडीको आक्रषण बड्ने कार्यक्रमका प्रमुख अतिथि मिन पोख्रेलले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend