साझा नेटवर्क
बुटवल, पुष ५ ।
रूपन्देहीको मणिग्राम स्थित क्यू.ए.ए. गुणस्तर प्राप्त संस्था राममणि बहुमुखी क्याम्पसमा स्नातक तह चौथो वर्ष उत्तीर्ण विद्यार्थीलाई आज सम्मान सहित बधाई तथा शुभकामना दिइएको छ ।
सम्मान गर्ने क्रममा क्याम्पस प्रमुख मोहनराज शर्माले विद्यार्थीको सिकाई र गुणस्तरमा केन्द्रित हुँदै क्याम्पसले थप नौला अभियान सञ्चालन गरेको पनि उहाँले जानकारी दिनुभयो ।
क्याम्पसको शिक्षा तथा मानविकी संकायका प्रमुख नारायणप्रसाद भुसालको अध्यक्षता तथा क्याम्पसका उप–प्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा रहेकोे थियो ।
त्यस्तै कार्यक्रममा सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्याल, व्यवस्थापन संकायका संकाय प्रमुख खुमकान्त पाण्डे, एम.बी.एस. कार्यक्रमका विभागीय प्रमुख राजेन्द्र थापामगर वी.वी.एस उत्तीर्ण छात्र सुरज पाण्डे, वी.एड. उत्तीर्ण छात्रा विष्णु पौडेल लगायतले बोल्नु भयको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend