logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मी बारमा पुनः खनाल नेतृत्व


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

टोपलाल अर्याल, गुल्मी पुष ४ ।
नेपाल बार एसोसिएसन जिल्ला इकाई गुल्मीको सर्वसम्मत नेतृत्व चयन भएको छ । बारको अध्यक्षमा  पुनः  गोपाल खनाल निर्वाचित भएका छन ।

त्यस्तै उपाध्यक्षमा लक्ष्मण सापकोटा, सचीवमा हरि अर्याल र कोषाध्यक्षमा बेद प्रसाद कुवर चयन भएको निर्वाचन मुख्य निर्वाचन अधिकृत राम बहादुर कुवरले बताए । त्यस्तै बारको सदस्यमा प्रेमराज आचार्य, चिरञ्जीवी शर्मा, टुक बहादुर कुवर, बिनोद पान्डेय, गुणानिधी शर्मा, भिमलाल न्यौपाने, भगवती पान्डेय, गणेश श्रीपाली र हिरा एसि चयन भएको सहायक निर्वाचन अधिकृत बल बहादुर कुवरले बताए ।

निर्वाचन मन्डलको लागि बारले मुख्य निर्वाचन अधिकृतमा राम बहादुर कुवर र सहायक निर्वाचन अधिकृतमा बिष्णु बहादुर थापा र बल बहादुर कुवरलाइ नियुक्त गरेको थियो । आगामी दुई बर्षको लागि नयाँ नेतृत्व चयन भएको हो ।

नेपाल बार एसोसिएसन जिल्ला इकाइ गुल्मीमा ३१ जनाले सदस्यता लिएको कोषाध्यक्ष बेद प्रसाद कुवरले जानकारी दिनुभएको छ । शुक्रबार बस्ने बारको नयाँ नेतृत्वको बैठकले सह-सचीवमा एक जनालाई मनोनीत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend