logo
  • शनिबार, साउन ३० २०८३

सागमा स्वर्ण बिजेता श्रेष्ठ गृह जिल्लामा सम्मानित


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दिपक खनाल, अर्घाखाँची पुष ३ ।
सन्धिखर्क नगरपालिका वडा न. १२, डिभर्ना (डाडा) स्थायी घर भएका स्वर्ण पदक विजेता कमल श्रेष्ठलाई जिल्लामा बाजागाजासहित सम्मान गरिएको छ ।

उनलाई सन्धिखर्क नगरपालिकाले २५ हजार नगदसहित सम्मान पत्र, दोसल्ला र ढाका टोपीले सम्मान गरेको हो। सन्धिखर्कका नगर प्रमुख कमल प्रसाद भुसालले २५ हजार नगदसहित सम्मानपत्र, दोसल्ला र ढाका टोपीले सम्मान गर्नु भएको थियो ।

यस्तै ज्ञान प्रकाश मा.वि. सल्लिकोटले पनि मायाको चिनो सहित दोसल्ला, अबिर, फुलमाला सहित सम्पूर्ण शिक्षक स्टाफ, वि.व्य.स. लगायत विधालयका स.प्र.अ. दुर्गा प्रसाद बस्यालले सम्मान गर्नु भएको थियो ।

दक्षिण एशियाली खेलकुद (SAAG) मा स्वर्ण पदक जित्ने खेलाडीलाई जिल्लावासीले भव्य स्वागत गरेका छन् । उनले तेक्वान्दोको पुम्सेमा (२४-२९) वर्ष तर्फ स्वर्ण र तेक्वान्दाकै समूहगत विधामा कास्य पदक जितेका थिए।

उनलाइ उद्योग वाणिज्य संघ अर्घाखाँची, चेम्बर अफ कमर्स, जिल्ला खेलकुद विकास समिति, स.न.पा. १२ को वडा कार्यलय, श्री ज्ञान प्रकाश मा.वि. सल्लिकोट, श्री विजय मा.वि. डिभर्ना लगायत सन्धिखर्कका नगरपालिकाका स्थानीयवासिन्दा र नेवार समुदायले फूलमाला, अबीर, मायाको चिनो र सम्मानपत्रले सम्मान गरेका हुन्।

सम्मान कार्यक्रममा बोल्दै स्वर्ण पदक विजेता कमल श्रेष्ठले जिल्लामा पाएको सम्मानले आत्मबल बढेको बताए। ‘यति धेरै सम्मान पाउँछु भन्ने सोचेकै थिएन, उनले भने, ‘यो सम्मानले मेरो आत्मबल उच्च भएको छ, अझै धेरै मेहनत गर्नेछु ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend