साझा नेटवर्क
दोहा, पुष ३ ।
कतारको राष्ट्रिय दिनको अवसरमा आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनी नासर अलअली इन्टरप्राइसेसमा कार्यरत ८ जना कामदारहरुलाई कम्पनी मालिक आसर अल अलील ५ ग्रामका दरले सुनको सिक्का पुरस्कार स्वरुप प्रदान गरेकाछन् ।

कम्पनी मालिक अलीले उत्कृष्ट, मेहनती र इमान्दार कामदारहरुलाई सो सुनको सिक्का हालै प्रदान गरेका हुन् । सुनको सिक्का पाएर खुशीले दङग भएका कामदारहरुले आफुले पाएको यो सुनको सिक्का पुरस्कार घरमा श्रीमतिलाई पठाउने बताए । यसैगरी १ देखि ६ वर्षसम्म निरन्तररुपमा सोही कम्पनीमा काम गरिरहेका कामदारहरुलाई पनि कम्पनी मालिकअलीले प्रमाणपत्र प्रदान गरेका थिए ।
आफनो घर परिवारमा आर्थिक समस्या परेको वेलामा समेत आर्थिक सहयोग उपलब्ध गराएर समस्या टारिदिने गरेका कम्पनी मालिक नासर अल अलीले कामदारहरुलाई कहिले नहप्काउने तर सवैलाई मित्रवत व्यवहार गर्ने गरेको अनुभव त्यस कम्पनीमा कार्यरत् सवै कामदारहरुको रहेको छ ।
समय समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि इत्यादी पुरस्कार स्वरुप दिएर कम्पनी मालिक नासर अल अलीले आफना कम्पनीको कामदारहरुको हौसला र मनोवल बढाउदै आइराखेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend