logo
  • शनिबार, कार्तिक २२ २०८३

फेसबुकमार्फत मृगौलापीडितलाई चार लाख सहयोग संकलन


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हुमाकान्त पोखरेल,गुल्मी पुष २ ।

सामाजिक संजाल फेसबुकमार्फत गुल्मीका एक युवालाई चार सहयोग रकम संकलन गरिएको छ । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचौरका मृगौलापीडित २८ बर्षिया कमल मुखियालाई चार लाख १२ हजार रकम संकलन गरिएको हो ।स्थानीय शिक्षक बाबुराम पन्थीले अभियानका रुपमा संचालन गरेको फेसबुकमार्फत उक्त रकम संकलन भएको हो । विगत एक बर्षदेखि मुखियाका दुवै मृगौला फेल भएकोले हाल भारतमा उपचार गराइरहेका छन् । तीन महिनामा संचालन गरेको सहयोग अभियानबाट सो रकम संकलन भएको र संकलित रकम पीडितलाई पठाइएको पन्थीले बताए । पीडित मुखियाको आर्थिक अवस्था एकदमै न्यून भएका कारण फेसबुकमार्फत अभियान सञ्चालन गरिएको हो ।

हाल मुखियाका बुबा पनि विगत नौ महिनादेखि पिसाव र उच्च रक्तचापसम्बन्धी समस्याले ग्रसित छन् । उनको पनि मासिक १० हजार उपचार खर्च लाग्ने भएकोले खर्च जोहो गर्न गाहे परिरहेको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend