logo
  • शुक्रबार, असोज ९ २०८३

प्रदेश नं. ३ को निर्णयलाई नजिर बनाएर ५ नं. प्रदेशले राजधानी ताेक्छ : प्रवक्ता चौधरी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,बुटवल पुष २ ।

प्रदेश पाँच सरकारका प्रवक्ता भौतिक पूर्वाधार तथा बिकास मन्त्री बैजनाथ चौधरीले ३ नं. प्रदेशको निर्णयलाई नजिर बनाएर ५ नं. प्रदेश राजधानी तोकिने बताएका छन् ।प्रदेशको नाम र राजधानी तोक्ने विषयमा सरकारले सर्वसम्मत निर्णय गर्न खोजको बताउँदै उनले सर्वसम्मत हुन नसके बहुमतकै आधारमा हुने पनि बताए ।
‘तीन नं. प्रदेशले पहिले निर्णय गर्यो भने हामीलाई पनि सजिलो हुन्छ ।’ उनले भने–‘३ नं. प्रदेशको अस्थायी राजधानी हेटौडा पनि एउटा छेउमा छ, उसले हेटौडा नै तोक्यो भने त्यसैलाई नजिर बनाएर हामीलाई पनि बुटवल तोक्न सजिलो हुन्छ ।’

रिपोर्टर्स क्लव प्रदेश ५ ले बुधबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री चौधरीले प्रदेशको राजधानी र नामाकरण सकेसम्म सहमतीमै तोक्ने बताउँदै सहमति हुनै सकेन भने बहुमतका आधारमा नै हुने बताए । राजधानी तोक्ने र प्रदेशको नामाकरण गर्ने सांसदको बिशेषाधिकार भएकाले पार्टीको ह्वीप पनि नलाग्ने उनकाे भनाइ छ ।

प्रदेशको राजधानी तोक्ने र नामाकरण गर्ने विषय राजनीतिक बिषय भएकाले मुख्यमन्त्री शंकर पोखरेलले स्थायी कमिटि बैठकमा समेत पार्टीले एउटा धारणा बनाओस् भन्नुभएको उल्लेख गरे । प्रदेशसभा सदस्यहरु पनि कुनै न कुनै दलमा भएकाले राजनीतिक सहमति जुट्यो भने राजधानी तोक्न र नामाकरण गर्न सजिलो हुने उनको भनाई थियो ।

‘सर्वसम्मत होस भन्ने हाम्रो पनि चाहना हो, त्यो भएन भने भोटिङ्मा जान्छ ।’ उनले भने चुनावका बेला दाङ् तथा आसपासका नेताहरुले दाङ् राजधानी बनाउँछु र बुटवलका तथा आसपासका नेताहरुले बुटवल राजधानी बनाउँछु भनेर भोट मागेका कारण राजधानी तोक्ने काम जटिल बनेको उनकाे भनाई छ ।

पार्टीले एक प्रकारको धारणा बनायो भने नेताहरुलाई आफ्ना मतदातालाई भन्न पनि सजिलो हुने भएकाले पार्टीले पनि धारणा बनाउनु पर्ने उहाँले उल्लेख गरे । बिशेषसमितिका सदस्य तथा समाजबादीका स‌सदीय दलका नेता सहसराम यादवले प्रदेशकाे नाम र राजधानी छिटाे टुंगाउनुपर्ने बताए । कार्यक्रम क्लवका प्रमुख रामकुमार क्षेत्रीकाे अध्यक्षमा भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend