logo
  • शनिबार, भाद्र २० २०८३

व्यावसायिहरुको नक्कली रक्सी बेचेर अवैध धन्दा चलाउँदै आएका नेपाली कामदार जेलमा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

बाबुराम थापा,मलेशिया पुष २ ।

नेपाली श्रमिकहरुको रोजगारीको  एक ठूलो गन्तव्य मुलुक हो मेलेसिया । यकिन तथ्यांङ नभए पनि करीव ३ लाख ८० हजार जति नेपाली श्रमिकहरु यहाँ श्रम गर्ने गर्दछन् । मेनपावर र मलेसियाको कमपनीबीच भएको सम्झौत अनुसार काम र दाम नभएपछि अन्यत्र भागेर काम गर्नेको संख्या बढ्दो छ । अवैधानिक भएर काम गर्नेको संख्या विभिन्न मुलुकका नागरिक पनि रहेका छ्न ।

मलेसियामा सरकाले दिएको आम माफीको समय २०१९ डिसेम्बरसम्म रहेको छ । यसमा नेपालीहरु फर्कने क्रम जारी छ । वैधानिक वा भिषा भएकाहरुको लागि पनि सेटिङ गरेर पठाइ दिन्छौं भन्दै त्यहाँका केही रेष्टुरेन्ट र व्यक्तिले आफ्नो कोठामा नेपालीहरुलाइ विजोग बनाएर राखेका छन् । यसै क्रममा झापाको दमक स्थायी घर भएका कृष्ण आङदाम्बेले मलेसियामा लामोसमयदेखि नक्कली रक्सी बेचेर अवैध धन्दा चलाउँदै आएको खुलाशा भएको छ । केहिदिन अघि कृष्णको कोतरायाको लालीगुराँस रोष्टुरेन्टमा मलेशीयन ‘कस्टम’ले शंकाको आधारमा छापा मार्दा नक्कली रक्सी बेचेको खुलाशा भएको हो ।

तीन वर्षअघि कृष्ण नै संचालक रहेको मलेसियाकै बटुपहाडको लालीगुराँस रेष्टुरेन्टमा पनि मलेसीयन ‘कस्टम’ले छापा मारी सबै रक्सि र काम गर्ने कर्मचारीलाई पक्राउ गरेको थियो तर दुःखद कुरा के भने संचालकलाइ पक्राउ गर्न नसकेपछि त्यहाँको कामदार कुलविक्रम नेम्वाङ मात्रै पक्राउ परे । त्यस्तै आफ्नै कम्पनिमा काम गर्ने नेम्वाङलाई कृष्णले निकालेका छैनन् । ‘न तलब दियो, न भत्ता दियो, न पीडित क्षतिपुर्ति दियो, बरु उल्टै ती कामदार नेम्वाङको जीवन जेलमा सडाइदिएका छन्,’ नेम्वाङका पारिवारिक सदस्यले भने,‘काम गर्न बोलाएर सारा जीवननै बर्वाद पारीदिने कडा भन्दा कडा कारबाही गर्नुपर्छ ।’

मलेसीयन कस्टमलाइ जम्मा एक लाख रिङगेट जरिवाना तिरेको मात्र भएपनि उनी छुट्थे । केहि दिन पहिले बटुपहाडको सोही रेष्टुरेन्टमा मलेसीयन कस्टमले दुई नम्बरी रक्सी बेचेको आरोपमा फेरि छापा मारेर रेश्मा लिम्बु नाम गरेकी कामदारलाई समातेर लगेको छ । ती लिम्बु पनि अहिले जेलमै छन् उनी संचालाककै नातेदार समेत रहेकी थिइन् ।

त्यसरी साहुले गल्ती गर्ने अनि कर्मचारीलाइ जेल पठाउने भनेर मलेसीयाभरी नेपाली कामदारहरुले तिब्र विरोध र आक्रोश व्यक्त गरिरहेका छन् । संचालक कृष्णको पासपोट समेत लालिगुराँस रेस्टुरेन्टमा छापा मार्दा मलेसियन कस्टमले जफत गरेर लगेको छ उनी अहिले बिना पासपोर्ट मलेसियामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend