logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा १२ करोडका नयाँ योजना सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

टोपलाल अर्याल, गुल्मी पुष १।
नेकपाका दुई ठूला नेता गुल्मीका दुई निर्वाचन क्षेत्रमा छन् । परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली क्षेत्र नं १ का सांसद हुन् । भने पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट क्षेत्र नं २ का सांसद हुन् । ज्ञवाली र बिष्टले स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम छ/छ करोड पाउँछन् । त्यो आ–आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने व्यावस्था छ । सोहि कार्यक्रम अनुसार १२ करोडका नयाँ योजना सार्वजनिक भएका छन् ।
खानेपानी र सडकका योजनाले स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रममा प्राथमिकता पाएका छन् । जिल्लाको क्षेत्र नं १ मा सडक र क्षेत्र नं २ मा खानेपानीको क्षेत्रमा बढि बजेट बिनियोजन भएको पाइएको छ । परराष्ट्र मन्त्री ज्ञवालीको निर्वाचन क्षेत्र नं १ मा सडक निर्माण तथा स्तरोन्नतीको लागि तीन करोड ५५ लाख बजेट बिनियोजन गरिएको छ ।

रुरु क्षेत्र गाउँपालिकाको कफि अनुसन्धान केन्द्र सडक स्तरोन्नती, चन्द्रकोट गाउँपालिकाको शान्तिपुर–रोटेखोला सडक सडक स्तरोन्नती, सत्यवति गाउँपालिकाको लुम्पेक–गस्कोट–गिदुवा–डिहिङ्ग मोटरबाटो निमार्ण, छत्रकोट गाउँपालिकाको पिपलनेटा–दिगाम–हर्दिनेटा–मानकोट–दौघा सडक स्तरोन्नती र गुल्मीको दरवार गाउँपालिकाको झिरबास–बलिथुम–लुम्पेक मोटरबाटो निर्माणका लागि ५०/५० लाख रकम बिनियोजन भएको ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले बताए ।

खानेपानीले निर्वाचन क्षेत्र नं १ मा दोस्रो प्राथमिकता पाएको छ । करिव एक करोडका खानेपानी योजना सार्वजनिक गरिएको छ । जसमा फोक्सिङ्ग–पूर्तिघाट एकिकृत खानेपानी योजनाको लागि ५० लाख र रुरु क्षेत्र गाउँपालिका ४ को चौतारा डिप बोरिङ्गको लागि ३० लाख बजेट बिनियोजन गरिएको नेपालीले बताए । शिक्षाको क्षेत्रमा बिद्यालयका खेल मैदान निर्माणदेखि कम्पाउण्ड निर्माणको लागि पनि करिव एक करोड बजेट बिनियोजन भएको छ ।

पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको निर्वाचन क्षेत्र नं २ मा स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रममा खानेपानीलाई पहिलो प्राथमिकता दिइएको छ । जसको लागि तीन करोड ३५ लाख बिनियोजन भएको छ । क्षेत्र नं २ का मदाने गाउँपालिकाको सिर्सेनी एकिकृत खानेपानी आयोजना र मालिका खानेपानी आयोजना वडा नं १ र ४ को लागि ५०/५० लाख बिनियोजन भएको छ । इस्मा खानेपानी आयोजना वडा नं २, ३ र ६ को लागि ६० लाख बिनियोजन गरिएको बिष्टको स्वकीय सचिव रमेश काउछाले बताए ।

धुर्कोट खानेपानी आयोजना र रेसुङ्गा नगरपालिकाको सेउघा जोगिथुम खानेपानी योजनाको लागि ७०/७० लाख रकम साझेदारी कार्यक्रममा समावेश गरिएको स्वकीय सचिव काउछाले जानकारी दिए । त्यस्तै क्षेत्र नं २ मा पनि शिक्षाको क्षेत्रमा बिद्यालयका खेल मैदान निर्माणदेखि कम्पाउण्ड निर्माणको लागि पनि करिव एक करोड बजेट बिनियोजन भएको छ । करिव ५० लाखका सडक र २१ लाखका मन्दिर मर्मत संभारको लागि बजेट बिनियोजन गरिएको छ ।

मुसिकोट नगरपालिकाको तल्लाफाँट समुदायीक भवन निर्माणको लागि ५० लाख र मालिका गाउँपालिकाको मरभुङ्ग सभाहल निर्माणको लागि २० लाख बिनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend