logo
  • शुक्रबार, असोज ९ २०८३

विद्या भट्टराईले लिईन सांसदको शपथ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाडौं पुष १ ।

कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार पद तथा गोपनीयताको सपथ लिएकी छन् । उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा मंगलबार आयोजित समारोहमा भट्टराईलाई सपथ गराएकी हुन् । सपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले आफू तीन वर्षका लागि निर्वाचित भएको भन्दै नीति निर्माण र विकास निर्माणका अपूरा काम पूरा गर्ने प्रतिवद्धता जनाइन् ।सपथग्रहण समारोहमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक देव गुरुङलगायतका नेता तथा सांसदहरु  उपस्थित थिए । भट्टराई गत मंसिर १४ गते भएको उपनिर्वाचनमा नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् ।

कास्की २ बाट निर्वाचित तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि भएको उपचुनावमा नेकपाले उनकै पत्नी भट्टराईलाई उम्मेदवार बनाएको थियो । तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवसम्म भएकी भट्टराई पछिल्लो समय प्राध्यापन पेशामा थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend