साझा नेटवर्क
सृजना अचार्य, कपिलवस्तु मंसिर ३०।
गायक रिदम शेर्पाली र अनिता तामाङको पहिलो लोकदोहोरी एल्बम ‘हत्यारा ‘को ‘म मरेर चितामा’ गीतको भिडियो सार्वजनिक भएको छ ।
लोकप्रिय बन्दै गएका गायक रिदम शेर्पाली र गायिका अनिता तामाङको मिठो स्वरमा रहेको गीतमा नारायण केसीको शब्द र तेजेन्द्र विवसको लय रहेको छ। हालसम्म गायक रिदम शेर्पालीले जुनको छायाँ, बितेका पल, चोखो माया तोडियो लगाएताका गीतहरुमा स्वर भरिसकेका छन् ।
भिडियोमा मोडेल सुरज रावल र सानी परियारले अभिनय गरेका छन। मधुसुमन डाँगीको निर्देशनमा तयार भएको भिडियोको छायाकंन बासु न्यौपानेले गरेका छन् भने मिराज अर्यालले संपादन गरेका छन् । वन वे फिल्मस मार्फत सार्वजनिक भएको गितले दर्शकहरुको सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।
भिडियो हेर्नुहोस ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend