साझा नेटवर्क
सृजना अचार्य, कपिलवस्तु मंसिर २९ ।
गायक रिदम शेर्पाली र अनिता तामाङको पहिलो लोकदोहोरी एलबम ‘हत्यारा‘ को ‘म मरेर चितामा’ गीतको भिडियो सर्वजनिक भएको छ ।
लोकप्रिय बन्दै गएका गायक रिदम शेर्पाली र गायिका अनिता तामाङको मिठो स्वरमा रहेको गीतमा नारायण के. सी. को शब्द र तेजेन्द्र विवसको लय रहेको छ ।
हालसम्म गायक रिदम शेर्पालीले जुनको छायाँ, बितेका पल, चोखो माया तोडियो लगायतका गीतहरुमा स्वर भरिसकेका छन् ।
राम्रो तरिकाले निर्माण गरिएको भिडियोमा मोडेल सुरज रावल र सानी परियारले अभिनय गरेका छन। मधुसुमन डाँगीको निर्देशनमा तयार भएको भिडियोको छायाकंन बासु न्यौपानेले गरेका छन् भने मिराज अर्यालले संपादन गरेका छन् ।
वन वे फिल्मस मार्फत सर्वजनिक भएको गितले सर्वजनिक भएसँगै दर्शकहरुको सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।
हेरौं भिडियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend