logo
  • शनिबार, कार्तिक २२ २०८३

११औँ कपिलवस्तु महोत्सव दिनप्रति दिन रौनक बन्दै


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

सृजना आचार्य, कपिलवस्तु मंसिर २७ ।
कपिलवस्तु महोत्सव दिनप्रति दिन रौनक बन्दै गएको छ । युवा क्षमता अभिबृद्धि कृषि र पर्यटनमा समृद्धि भन्ने मूल नाराका साथ आयोजित कपिलवस्तुको वाणगंगा नगरपालिका ४ जितपुर बुद्धरंङ्गशालामा मंसिर १९ गतेबाट सञ्चालन भएको एघारौँ कपिलवस्तु महोत्सवको नवौँ दिन आज प्रमोद खरेल बाहेक अन्य कलाकारको प्रस्तुतिमा दर्शकहरुले मनोरञ्जन लिएका छन् ।

शुक्रबार लोक तथा दोहारी गायिका सम्झना लामिछाने, दिपु मगर,अर्जुन मिश्रा लगाएतको विशेष प्रस्तुती रहेको मिडिया संयोजक गणेश पोख्रेलले जानकारी दिनुभयो । प्रतिकुल मौसमका कारणका डान्स आइडलमा ढिलाई भएको थियो ।

दर्शकहरुले मुलद्धारबाट प्रवेश नगरे पनि २ नं मुलद्धारबाट प्रवेश गरी मनोरञ्जन लिएका थिए । आइडलमा प्रथम हुनेलाई आकर्षक चाँदिको सुपर क्याप सहित एकलाख ११ हजार एकसय एघार पुरस्कारको व्यावस्था गरिएको छ ।

नेपालमै पहिलो पटक नवौँ कपिलवस्तु डान्स आईडलमा वाणगंगा वेलफेयर सोसाईटिले यस्तो उत्कृष्ट पुरस्कारको व्यावस्था गरेको हो ।

सनिवार महोत्सवको १० औँ दिन लोक तथा दोहारी गायक विष्णु खत्री ,हेमन्त शर्मा ,लोक तथा दोहोरी गायिका कला लम्साल,लोक तथा दोहोरी गायक विधान कार्की लगायत स्थानीय कलाकारको धमकेदार प्रस्तुति रहने मिडिया संयोजक गणेश पोख्रेलले जानकारी दिनुभयो ।

त्यस्तै (विहिवार)बाट नै हेलिकप्टर उहान सुरु भएको मुल आयोजक समितिका संयोजक राजकुमार खाँणले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend