साझा नेटवर्क
साझा नेटवर्क,प्यूठान मंसिर २७ ।
प्यूठानमा बिहिबार एक महिलाको शव फेला परेको छ । झिम्रुक गाउपालिका–६ निनिखर्ककी ४१ वर्षीया निर्मला जिसीको शव फेला परेको हो । झिम्रुक गाउपालिका ६ निनिखर्कको बतासे डाँडास्थित बाटोमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।
जिसी बुधबार घरबाट निस्केकी थिइन ।
दुइ दिनसम्म घर नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले खोजी गर्नेक्रममा बिहिबार दिउँसो उनको शव फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend