साझा नेटवर्क
काठमाडौं, मंसिर २६ ।
सौन्दर्यकर्मी रिता महर्जनद्वारा संचालनमा ल्याइएको किर्तिपुर अमृतनगरको रिता ब्युटीपार्लर एण्ड कस्टमेटिकको उद्घाटन भएको छ । कार्यक्रममा प्रमुख अतिथि वरिष्टठ सौन्दर्यबिद तथा समाजसेवी सोनी काररंजितद्वारा सम्पन्न भएको हो ।

उक्त अबसरमा चर्चित फेसन डिजाइनर काजल शर्मा, सौन्दर्यकर्मी दिपा सुबेदी, सौन्दर्यकर्मी श्रिस्टि महर्जन, ब्यबसायी तथा समाजसेवी सन्जिब महर्जन, अन्य सौन्दर्यकर्मीहरु, संचारकर्मी तथा स्थानिय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।
युवा ब्यबसायी सौन्दर्यकर्मी रिता महर्जनद्वारा सञ्चालित रिता ब्युटीपार्लर एण्ड कस्टमेटिक उक्त क्षेत्रको अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो ।
लामो समय देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ आफ्नै ठाउँमा केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको रिता ब्युटीपार्लर एण्ड कस्टमेटिकमा अनुभबी सौन्दर्यकर्मी मार्फत सेवा सुबिधा प्रदान गरिन्छ भने महिलाहरुलाइ चाहिने सौन्दर्य सामग्री समेत बिक्रि वितरण हुने कुरा सौन्दर्यकर्मी रिता महर्जनले बताइन ।
रोज शिप बिकास तालिम केन्द्रकि अध्यक्ष तथा प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद सोनी काररंजितले पार्लरको रिबन काट्दै आफ्ना बिध्यार्थीहरुले शिप सिकेर आत्मानिर्भर भएकोमा खुसि ब्यक्त गर्दै रिता ब्युटीपार्लर एण्ड कस्टमेटिकले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने कुरा बताइन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend