logo
  • शनिबार, साउन ३० २०८३

सागका पदक विजेता खेलाडीलाई ३ देखि ११ लाखसम्म दिने प्रधानमन्त्री ओलीकाे घोषणा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क,काठमाण्डौ मंसिर २५ ।

सरकारले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता खेलाडीहरुलाई प्रोत्साहनस्वरुप ९ लाख रुपैयाँ दिने भएको छ । सागमा पदक विजेता खेलाडीहरुलाई बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष प्याकेजको घोषणा गर्नु भएको हो । यस्तै रजत पदक विजेतालाई जनही ६–६ लाख रुपैयाँ र कांस्य पदक विजेता खेलाडीलाई ३-३ लाख रुपैयाँ दिने प्रधानमन्त्रीले घोषणा गर्नु भएको छ ।

त्यस्तै एकभन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिने पनि प्रधानमन्त्री ओलीले घाेषणा गर्नु भएकाे छ । त्यस्तै फुटबललगायत विभिन्न टिम इभेन्टमा स्वर्ण जित्ने प्रति खेलाडीलाई ५-५ लाख रुपैयाँ दिने पनि प्रधानमन्त्री ओलीले घाेषणा गर्नु भएकाे छ । मंगलबार सागको समापनलाई विशेष सम्बोधन गर्नु भएका प्रधानमन्त्री ओलीले बुधबार खेलाडीहरुलाई बालुवाटार नै बोलाएर प्रोत्साहनस्वरुप पुरस्कारको घोषणा गर्नु भएको छ । मंगलबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले सागमा पदक जित्ने खेलाडीलाई प्रधानमन्त्री ओलीले सरप्राइज प्याकेज घाेषणा गर्ने जानकारी दिनु भएकाे थियाे ।

१३औँ सागमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । इतिहासकै धेरै स्वर्ण पदक जित्दै जारी सागमा नेपाल दोस्रो हुन सफल भएको छ । १३औँ सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जितेको छ ।

१३औँ सागमा नेपालका लागि स्वर्ण जित्नेहरु-

१. मण्डेकाजी श्रेष्ठ– (पुरुष एकल काता) कराँते
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर– (पुरुष टिम काता) कराँते
३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की– (महिला टिम काता) कराँते
४. लक्ष्मण तामाङ– (५५ केजी) कराँते
५. विल्पवलाल श्रेष्ठ– (८४ केजीमाथि) कराँते
६. कुसुम खड्का– (४५ केजीमुनि) कराँते
७. अनु अधिकारी– (५० केजीमुनि) कराँते
८. नवीन रसाइली– (६७ केजी) कराँते
९. सुनिता महर्जन– (६८ केजी) कराँते
१०. अनुपमा मगर– (६८ केजी) कराँते
११. कलम श्रेष्ठ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१२. सिना मादेन लिम्बू– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से
१३. पार्वती गुरुङ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१४. आयशा शाक्य– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना– (१७–२३ वर्ष) पुम्से महिला टिम
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई– (२३–२९ वर्ष) पुम्से महिला टिम
१८. काजल श्रेष्ठ– (४६ केजीमुनि) तेक्वान्दो
१९. वीरबहादुर महरा– (६८ केजीमुनि) तेक्वान्दो
२०. सोनी गुरुङ – ट्रायथलन
२१. हिमाल टमाटा– डुवालोथन
२२. विजय सिञ्जाली– उसु (थाउलो)
२३. सुस्मिता गुरुङ– उसु (थाउलो)
२४. दीपक हमाल– उसु (थाउलो)
२५. सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर)
२६. राजेश मगर– साइक्लिङ (डाउनहिल)
२७. निश्मा श्रेष्ठ– साइक्लिङ (डाउनहिल)
२८. संगीता बस्याल– (६२ केजीमुनि) तेक्वान्दो
२९. सक्षम कार्की– तेक्वान्दो
३०. निमा घर्ती मगर – उसु
३१. लक्ष्मी मगर– साइक्लिङ
३२. बुद्धिबहादुर तामाङ– साइक्लिङ
३३. सञ्जु चाैधरी – भाराेत्तलन
३४. गाैरिका सिंह – पाैडी
३५. जुनी राई – उसु
३६. भुपेन श्रेष्ठ– तेक्वान्दो
३७. गोपीचन्द्र पार्की– दौड
३८. सुवास तामाङ– गल्फ (व्यक्तिगत)
३९. सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ– गल्फ (टिम इभेन्ट)
४०. विकास थापा– भाराेत्ताेलन
४१. गाैरिका सिंह– पाैडी
४२. किरणसिंह बाेगटी– म्याराथन
४३. संगीता धामी– कुस्ती
४४. गाैरिका सिंह- पाैडी
४५. देविका खड्का- जुडाे
४६. मिनु गुरुङ- बक्सिङ
४७. भूपेन्द्र थापा- बक्सिङ
४८. पुनम श्रेष्ठ- जुडाे
४९. गाैरिका सिंह- पाैडी
५०. सनिल शाही – बक्सिङ
५१. पुरुष फुटबल टिम

स्रोत-उज्यालो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend