logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा ३ जना हत्या अभियुक्त पुरपक्षका लागि कारागार चलान


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री,गुल्मी मंसिर २३ ।

गुल्मीमा ३ जनाको हत्या गर्ने अभियुक्त पुरपक्षका लागि कारागार चलान भएका छन् । हत्यारामा संलग्न बागलुङको गल्कोट नगरपालिका–८ ज्यामिरे बस्ने ४६ वर्षिय पूर्णबहादुर सुनार पुरपक्षका लागि कारागार चलान भएको जिल्ला अदालत गुल्मीका श्रेष्तेदार कृष्णशरण लामिछानेले बताए ।हत्यामा संलग्न सोहि ठाउँ निवासी माधव सुनार १४ मुनि रहेकाले भैहवाको वाल सुधार केन्द्र पठाइएको जिल्ला अदालत गुल्मीले जनाएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा तिन जना मिलेर मोरङ्ग जिल्लाको कानेपोखरी गाउँपालिका– ३ हरकपुर घर भइ हाल पोखरा महानगरपालिका बस्दै आएकी ३२ वर्षिय सरिता भन्ने शिबमाया लिम्बु र उनका ७ वर्षिय जुमल्या छोरी जंगा र जमुनाको हत्या गरेका थिए ।

हत्यामा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ । दुई बालिकाको निर्ममता पूर्वक हत्या गरिएको घटनाका अभियुक्त दुईजनालाई प्रहरीले पोखरा महानगरपालिका २५ हेम्जाबाट डेरामा बसिरहेको अबस्थामा पक्राउ गरेको थियो । सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

हत्या गर्नुको मुख्य कारण कर्तव्य गरी मारेको प्रहरीले खुलाएको थियो । तिन जनाको निर्मता पूर्वक हत्या गरि कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अबस्थामा शब फेला परेको थियो । प्रहरीले बेवारिसे अबस्थामा रहेका शबलाई १५ दिनपछि पहिचाहन र हत्यारा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend