logo
  • शुक्रबार, असोज ९ २०८३

चर्चित सौंन्दर्यकर्मी मेनुका सिवाकोटी उप्रेती द्वारा अमु कस्टमेटिक एण्ड ब्युटिपार्लरको उद्घाटन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सुर्य चन्द,काठमाडौं मङ्सिर २२ ।

 सौंन्दर्यकर्मी सुर्यलक्ष्मी कर्माचार्य द्वारा संचालनमा ल्याइएको भक्तपुर नगपालिका – ७ गोलमडिको (अमु कस्टमेटिक एण्ड ब्युटिपार्लर) को उद्घाटन प्रमुख अतिथि चर्चित सौन्दर्यकर्मी तथा समाजसेवी मेनुका सिवाकोटी उप्रेती द्वारा सम्पन्न भएको छ । उक्त अबसरमा विभिन्न सौन्दर्यकर्मी, संचारकर्मी तथा स्थानिय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।युवा ब्यबसायी तथा सुर्यलक्ष्मी कर्माचार्यद्वारा सञ्चालित अमु कस्टमेटिक एण्ड ब्युटिपार्लर भक्तपुरमा अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो । लामो समय देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ स्वदेशमा नै केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको अमु कस्टमेटिक एण्ड ब्युटिपार्लरमा अनुभबी सौन्दर्यकर्मी मार्फत सेवा सुबिधा प्रदान गरिन्छ । आफ्ना ग्राहकहरुको सेवा सुबिधामा सदैब लागि पर्ने तथा सौन्दर्य क्षेत्रलाइ मर्यादित बनाउदै आगामी दिनमा अझ परिष्कृत गर्दै लैजाने कुरासौन्दर्यकर्मी सुर्यलक्ष्मी कर्माचार्य बताउछिन । उनले पार्लर संगै महिलाहरुको लागि कस्टमेटिक सामानहरु समेत उपलब्ध हुनेगरी पार्लर संचालनमा लिएर आएकी हुन् ।उक्त अबसरमा प्रमुख अतिथि चर्चित सौन्दर्यकर्मी तथा समाजसेवी मेनुका सिवाकोटी उप्रेतीले आफ्नो विधार्थीले यसरी व्युटिपार्लर एण्ड कस्टमेटिक खोलेर आत्मनिर्भर हुँदा आफुलाई निकै खुसी लागेको बताईन् भने सफल ब्यबसायको शुभकामना समेत दीईन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend