logo
  • शुक्रबार, असोज ९ २०८३

साग फुटबलमा बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौं मंसिर २३।
१३औ दक्षिण एसियाली फुटबल साग फुटबलमा नेपालले लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको छ ।

हिजो आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । अब स्वर्णका लागि भोलि भुटानसँग खेल्नेछ । दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमा नै अग्रता लिइको थियो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका थिए ।

तेस्रो स्वर्ण जित्दै गौरिकाले रचिन् इतिहास जुडोमा देविकाले दिलाइन् स्वर्ण अपराजित रहँदै स्वर्ण जित्छौं : बालगोपाल पहिलो हाफमा नेपालले केही अवसर पाएपनि गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा भने नेपालले रक्षात्मक खेल खेल्यो र १-० कै अन्तरमा खेल जित्यो ।

खेलको अन्तिममा भने बंगलादेश १० खेलाडीमा सिमित भएको थियो । नेपाली खेलाडीलाई फउल गरेपछि दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएका हुन् । नेपालका प्रशिक्षक बालगोपाल मर्हजनले अब भुटानलाई फेरि एक पटक हराएर स्वर्ण जित्ने विश्वास व्यक्त गरे । ‘हामी लिगमा अपराजित एक्लो टिम हौं । अब हामी फाइनलमा पनि भुटानलाई जित्दै स्वर्ण जित्न चाहन्छौं’ बंगलादेशलाई हराएपछि महर्जनले भने ।

समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको थियो । माल्दिभ्सलाई २-१ ले हराएको नेपालले श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो । भुटानले भने नेपालबाहेक सबै टिमलाई हराएको छ । रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend