logo
  • शनिबार, कार्तिक २२ २०८३

कपिलवस्तु महोत्सवको चौथो दिन १० हजार दर्शकले अवलोकन


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

दिपा महत, कपिलवस्तु  मंसिर २३ ।
११ औं कपिलवस्तु महोत्सवको चौथो दिन आज हजारौ दर्शकले मेलाको अवलोन गरेका छन् । बुद्ध रंगशाला जितपुरमा गत मसिंंर १९ गते देखी जारी महोत्सवमा कपिलवस्तु सहित छिमेकी जिल्लाका दर्शकले पनि महोत्सवको अवलोकन गरेका हुन् । महोत्सवको चौथो दिन आज १० हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजकको दाबी छ ।

महोत्सवमा आज चर्चित गायक दुर्गेश थापा, प्रजापति पराजुली लगाएतको प्रस्तुती रहेको थियो । पछिल्लो समय दुर्गेश थापा निकै चर्चामा छन् । यसका साथै लोक तथा दोहोरी गायक प्रजापति पराजुलीको प्रस्तुती संगै दर्शक झुमेका थिए । भोली चर्चित लोक तथा दोहरी गायक कुलेन्द्र विश्वकर्मा, प्रिती आले लगाएतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यस्तै डान्स आईडलबाट आज एकै दिन ३ जना बाहिरिएका छन् । हिजको प्रस्तुती संगै दर्शकको भोटका आधारमा आज ३ जना बाहिरिएका हुन् । आज ममता पुन, प्रशंसा पुन र उमा अर्याल बाहिरिएका हुन् । । आजको प्रस्तुती संगै दर्शकको भोटका आधारमा भोलि पनि बाहिरिने छन् ।

अब १० जना प्रतीस्पर्धी बिच कडा टक्कर हुने छ । यहि मंसिर १९ गते बाट सुरु भएको महोत्सव पौष १ गते सकिने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend