logo
  • शनिबार, साउन ३० २०८३

भैरहवामा चलचित्र महोत्सब हुने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, बुटवल मंसिर १९।
नेपाली चलचित्रको विकासका लागि रूपन्देहीमा चलचित्र महोत्सव हुने भएको छ । चलचित्र विकास बोर्डको आयोजनामा माघ २४ गते देखि २८ गते सम्म ५ दिने चलचित्र महोत्सव गर्न लागिएको हो ।

विशेषगरी यस क्षेत्रका कलाकारहरूलाई संगठित गर्ने र कलाकारकै हकहितका लागि कार्यक्रम गर्ने जनाइएको छ । कार्यक्रममा क्याम्पस स्तरीय हाजिरी जवाफ प्रतियोगिता, नव प्रतिभाका प्रस्तुति, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको विशेष प्रस्तुति रहने,प्रदेश ५ का मन्त्रि, सभासद र कलाकारहरुबीच फुटबल प्रतियोगिताका साथै १५० भन्दा बढी सेलिब्रेटीहरुको उपस्थिति हुने चलचित्र निर्माता प्रदीप कुमार उदयले जानकारी दिनुभएको थियो । कार्यक्रम सफल पार्नका लागि मनिष पन्थको संयोजकत्वमा स्थानीय स्तरमा १५ सदस्यीय समिति समेत चयन गरिएको छ ।

समितिमा संयोजक मनिष पन्थ, सचिव बिष्णु भट्टराई, सह सचिव खगेश्वर पुन, कोषाध्यक्ष बाबुराम घिमिरे, सदस्यहरु चिरन बराल, कुलचन्द्र पुरी, तिलक नेपाली, दीपक श्रेष्ठ, लोकेन्द्र शाह, मिरा महतरा, किशोर श्रेष्ठ, मुरली कसौधन, प्रदिप ढकाल, सान्तराम गिरी रहेका छन्। यस समितिले सम्पूर्ण चलचित्र कलाकर्मीहरुलाई समेटेर चलचित्र क्षेत्र र कलाकर्मीहरुको हितको लागि नयाँनौलो काम गर्दै अघि बढ्ने गरि निरन्तरता दिने संयोजक पन्थले बताए ।

कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नको लागि यस क्षेत्रका सम्पूर्ण कलाकारहरूलाई चलचित्र विकास वोर्डले आग्रह गरेको छ । चलचित्र महोत्सव अवधिभर बुटवल र भैरहवामा भारतिय चलचित्रमा रोक लगाइने र नेपाली चलचित्र मात्र प्रदर्शन गर्ने, स्थानीय रेडियो तथा टेलिभिजनमा चलचित्रका गीतहरु बजाउने जानकारी गराइएको छ ।

कार्यक्रममा संगीतकार सुरेश सेन्चुरी , निर्देशक विष्णु भट्टराई लगायतले सुझाव दिनुभएको थियो । कार्यक्रममा सहभागी भएर कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नको लागि यस क्षेत्रका सम्पूर्ण कलाकारहरूलाई चलचित्र विकास वोर्डले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend