logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा एक महिना पहिले बेपत्ता भएका एक व्याक्ति मृत फेला


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री,गुल्मी मंसिर १९ ।

गुल्मीमा एक महिना पहिले बेपत्ता भएका एक व्यक्ति मृत फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–६ आरुपाटामा ४१ वर्षिय नारायण पराजुलीको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।
कात्तिक २० गते घरबाट सम्पर्क बिहिन भएका पराजुलीको शब स्थानयिले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मालिका गाउँपालिकाको आरुपाटा जंगलमा मृत अस्थामा भेटिएका पराजुलीको भिरबाट लडेर मरेको हुनसक्ने प्रहरी नायव उपरिक्षक घलेले बताए ।

शबलाई पोष्ट मार्टको लागि गुल्मी अस्पताल ल्याइएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । त्यस्तै गुल्मीमै भिरबाट लडेर एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–७ दौडाहा भन्ने स्थानमा २१ वर्षिय नविन जिसी भिरबाट लडेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्युठान जिल्ला झिमरुक गाउँपालिका चौतारा निवासी जिसीको स्थानिय स्वास्थ्य चौकमा उपचर सम्भव नभएपछि बुटल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend