logo
  • शनिबार, कार्तिक २२ २०८३

एउटै गाउँका १० जनाको सामुहिक दाहासंस्कार


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

टोपलाल अर्याल,  गुल्मी मंसिर १८।
मंगलबार बाग्लुङको बडिगाड गाउँपालिका ७ अल्छीबाङ्ग जिप दुर्घटनामा मृत्यु भएका एउटै गाउँका १० जनाको सामुहिक दाहासंस्कार गरिएको छ ।
इस्मा गाउँपालिका ५ को हुलाके घाटमा बेलुकीनै दाहासंस्कार गरिएको हो । प्रदेश नं ५ का प्रदेश सभा सदस्य दिनेश पन्थी, तथा नेकपाका जिल्ला सचिव बीर बहादुर कार्की, नेपाली कांग्रेसका सभापति भुवन प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला लगायतले दुर्घटनामा निधन भएका परिवारहरुको अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

दुर्घटनामा मृत्यु भएका इस्मा गाउँपालिका ४ का ४० बर्षीय महेन्द्र कार्की, २५ बर्षीया सुचना कार्की, ४० बर्षीया सिता कार्की, ६५ बर्षीया झवि कार्की, ४५ बर्षीय भुमि कार्की, २५ बर्षीय मिना वस्नेत, ६५ बर्षीय धन बहादुर कार्की र दुई बर्षीया अनुस्का कार्कीको तथा इस्मा गाउँपालिका ५ की ४० बर्षीया बसुन्धरा कार्की, २३ बर्षीया माया थापाको सामुहिक दाहासंस्कार गरिएको स्थानीय लंक बहादुर वस्नेतले बताए ।

अस्पतालमै शब

कंचनपुरबाट कुलपुजाकै लागि आएका ५५ बर्षीय धन बहादुर कार्कीको शव बुर्तिबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । उनका आफन्त आएपछि बुझाइने भएकाले शब अस्पतालमै राखिएको भतिज बद्री कार्कीले बताए । धन बहादुर कार्की पहिलो पटक कार्की दाजुभाई खोज्दै कुल पुजाको लागि इस्मा आएका थिए । तर दाजुभाईसंगको भेट अन्तिम मात्रै रह्यो । जे उदेश्य बोकेर आए, त्यो पुरा भएन । अन्तत ः घर समेत फर्किन पाएनन् ।

आफ्नै दाहसंस्का

बाग्लुङ बडिगाड गाउँपालिका ५ र्की ५५ बर्षीया लक्ष्मी केसीको शव आफन्तले गाउँमै बुझेर दाहासस्कार गरेको लक्ष्मीका भाई पिताम्बर कार्कीले बताए । लक्ष्मी घरबाट गाडी चढेको दुई मिनेटमै दुर्घटनामा परेकी थिइन् । इस्मा गाउँपालिका ४ का गाडी चालक २५ बर्षिय रेशम थापाको शव मंगलबारनै परिवारले बुझेका थिए । उनको निस्ती दोभानमा बुधबार बिहान दाहासंस्कार गरिएको स्थानीय राम बहादुर रेश्मीले जानकारी दिए । त्यस्तै नवलपरासी वर्दघाट नगरपालिका २ की ६० बर्षीया मुना कार्कीको शव नवलपरासी लगिएको छ ।

बेपत्ताको खोजी : घाइतेको उपचार

इस्मा गाउँपालिका ४ कै धन बहादुर कार्की भने अहिलेसम्म बेपत्ता छन् । बुहारी सुचना कार्कीको मृत्यु भयो । नाती चार बर्षीय हिमाल कार्की अस्पतालमा छन् । मंलबार दिनभर दुर्घटना स्थलमा खोजतलास गरेपनि शव भेटिएको छैन् । ‘भेटिएकाले देखेर चित्त बुझाए, धन बहादुरको परिवारलाई दुखसंगै अन्यौलता रह्यो,’रामराज्य माविका शिक्षक राम बहादुर बिष्टले भने,‘प्रहरी प्रशासनले चासोका साथ खोज्नुपर्छ ।’ दुर्घटनामा नवलपरासी वर्दघाट नगरपालिका २ का १८ बर्षीय जीवन कार्की, गुल्मी इस्मा गापा वडा नं ४ का चार बर्षीय हिमाल कार्की र २४ बर्षीया निमा केसी घाइते भएका छन् । उनीहरुको त्रिवि शिक्षण अस्पताल काठमाण्डौमा उपचार भइरहेको छ ।

गाउँपालिकाद्धारा शोक बिदा

इस्मा गाउँपालिकाले बुधबार शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार कुलपुजाको लागि हिडेका इस्मा गाउँपालिका ४ दोहली र ५ का १४ जनाको दुर्घटनामा मृत्यु भएपछि गाउँपालिकाले एक दिने शोक बिदा गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए । ‘गाउँनै रित्तो हुने गरि भएको दुर्घटनाले अत्यन्तै स्तब्ध भएका छौ,’उनले भने,‘ मृतक प्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिदा दिने निर्णय समेत गरेका छौ ।

’ उनले तत्काल कार्यपालिकाको बैठक बसेर मृतक तथा घाइते परिवारको लागि पनि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताए । अहिले बिद्यालयहरुमा अर्धबार्षिक परिक्षा संचालन भएको छ । गाउँपालिकाले आज स्थगित प्रावि तहको परिक्षा मंसिर १९ र निमावि र माविको मंसिर २० गते संचालन गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend