साझा नेटवर्क
अनिल खत्री, मंसिर गुल्मी १८।
दुर्घटनामा गाउँपालिका रहेका धेरैको मृत्यु भएको शोकमा गुल्मीको इस्मा गाउँपालिकाले शोक बिदा दिएको छ।
मंगलवार गुल्मी र बाग्लुङको सिमाना भिङगिठेमा जीप दुर्घटनामा १४ जनाको मृत्यु भएकोमा दुख ब्यक्त गर्दै शोक बिदा दिने निर्णय भएको इस्मा गाउँपालिकाको कार्यालयले जनाएको छ। गाउँपालिका भित्रका सबै सरकारी कार्यालयहरुमा काम कारवाही बन्द गरि शोक बिदा दिएको हो ।
मंलवार बिहान जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिकाको वडा नम्बर–७ भिङगिठेमा दुर्घटनामा परको थियो । जीप दुर्घटनामा १ जना बच्चा सहित १४ जनाको घटना स्थलमै मृत्यु भएको थियो । जीपमा दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको काठमाडौंमा उपचार भइरहेको छ ।
दुर्घटनामा अधिकांश इस्मा गाउँपालिका मृत्यु भएको छ । जिपमा सवार सबै इस्माबाट कुल पुजाका लागि बाग्लुङको निसीखोला गाउँपालिका हिडेका थिए । दुर्घटनामा इस्मा गाउँपालिका ४ बस्ने धन बहादुर कार्की बेपत्ता भएका छन । इस्मा बाट २४ जना जीपमा सवार रहेको र बिचमा प्रहरीले केहिलाई गाडीबाट झारेर अर्को गाडीमा सवार गरेको बताइएको छ । दुर्घटनामा परेको जीपमा १८ जना सवार रहेको बताइएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend