logo
  • शनिबार, कार्तिक २२ २०८३

जापानको सीप परीक्षामा सबै फेल, पहिलो चरणमा काेहि पनि जान नपाउने


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

काठमाडौं, मंसिर १८ ।
जापानमा नर्सिङ केयर गिभरका लागि पहिलो चरणमा नेपाली जान नपाउने भएका छन्। जापान फाउन्डेसनले लिएको नर्सिङ केयर गिभरको सीप परीक्षणमा १५  जना र जापानी भाषा परीक्षणमा १२ जना सहभागी थिए।

ती मध्ये भाषा परीक्षामा एक जना मात्र उर्तिण भए। नेपाल र जापानको श्रम समझदारीअनुसार नर्सिङ केयरगिभरमा जाने कामदारले नर्सिङ सेवा सम्बन्धी भाषा र सीप परीक्षणमा उतीर्ण हुुनुपर्छ।

अनलाइन मार्फत आवेदन दिएका मध्ये लक्की ड्रबाट छानेर जापान फाउण्डेसनले परीक्षा लिएको थियो भन्ने खबर कान्तिपुर दैनिकमा छ।

कुन क्षेत्रमा जाने कामदारले कुन पाठ्यक्रम अनुसार परीक्षा दिनुपर्ने हो भन्ने स्पष्ट नहुँदा परीक्षार्थी अन्योलमा  परेर फेल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विश्लेषण छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend