logo
  • शनिबार, कार्तिक २२ २०८३

मलेसिया रोजगारीमा माग ल्याउनै कठिन : व्यवसायी


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

काठमाडौ,मंसिर  १७ ।
करिब १५ महिना बन्द भएर गत असोजबाट सुचारु भएको मलेसिया रोजगारीमा माग ल्याउनै कठिन भएको व्यवसायीहरुले गुनासो गरेका छन । नेपाल र मलेसियाबीच भएको श्रम सहमति अनुसारकोे मागपत्र ल्याउनका लागि मलेसिया पुगेका अधिकांश मेनपावर व्यवसायीहरुले आफुहरुले माग ल्याउनै नसकेको बताएका छन ।

व्यवसायीहरुका अनुसार बजारमा अधिकांश मागपत्र लुकाएर एजेण्टहरुले मोलमोलाई गर्दा श्रम सहमति अनुसार कामदार पठाउन सकिने गरीको माग नै पाउन कठिन छ । केहि मेनपावरहरुले थोरैको संख्यामा यस्तो माग ल्याउन सफल भएपनि बन्द हुनु अघिजस्तो कमिशनको चर्को चलखेलका कारण धेरै व्यवसायीहरु रित्तै हात फर्कन बाध्य भएका छन ।

‘बजारमा अधिकांश माग एजेण्टहरुको हातमा छ र उनीहरुले चर्को मोलमोलाई गर्दा हामीले श्रम सहमति अनुसार पठाउने माग पाउनै मुस्किल छ’ एक व्यवसायीले रोजगारमञ्चसँगको कुराकानीमा भने –‘दुई देशबीचको श्रम सहमति अनुसार कामदारसँग कुनै पनि लागत लिन पाइदैन, तर यहाँ मागपत्र नै किनबेच हुदा हामीले श्रम सहमति अनुसार कामदार पठाउने माग नै पाउन सकिरहेका छैनौ सरकारले यता पनि ध्यान दिन जरुरी छ ।’

केहि समय अघि मलेसियास्थित नेपाली दूतावासलेसमेत मागपत्रको किनबेच भएको गुनासो आएको भन्दै आफ्नो ध्यानाकर्षण जनाउदै यस कार्यमा संलग्नलाई कारवाहीको लागि सिफारिस गर्ने चेतावनीसमेत दिएको थियो ।

२ महिनामा ३१ हजार माग प्रमाणिकरण

यसैबीच गत असोज यता नेपाल र मलेसियाबीच भएको श्रम सहमति अनुसार करिब ३१ हजार कामदारको माग प्रमाणित भएको क्वालालाम्पुरस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

नेपाल र मलेसियाबीच भएको श्रम सहमति अनुसार मलेसियाको निकायबाट प्रमाणिकरण भएर आएका ९६३ मागपत्रका ३१ हजार २ सय १ जना नेपाली कामदारको माग अभिलेखिकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिस गरिएको दूतावासले जानकारी दिएको हो ।

दूतावासबाट प्रकाशित विज्ञप्ती अनुसार औद्योगिक क्षेत्रमा १७ हजार १ सय १६, सेवा क्षेत्र (सुरक्षा गार्डसहित)मा १० हजार १ सय ८३, कृषि क्षेत्र एक हजार ४ सय ७५, प्लान्टेसनमा १ हजार ३ सय ९७ र निर्माण क्षेत्रमा माग भएका १ हजार ३० जना श्रमिकको मागपत्र प्रमाणीकरण गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend