logo
  • शनिबार, साउन ९ २०८३

१३औं सागमा नेपाल २० स्वर्ण सहित शीर्ष स्थानमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

काठमाडौ, मंसिर १७ ।
१३औं दक्षिण एसियाली खेलकुद (साग)को तेस्रो दिन नेपालले थप पाँच स्वर्ण जितेको छ । यो सँगै नेपालको २० स्वर्ण पुगेको छ ।

तेस्रो दिन १० किलोमिटर दौडमा पहिलो पटक नेपालका लागि सन्तोषी श्रेष्ठले स्वर्ण जितिन् । सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ७.९४ सेकेण्डमा पूरा गरिन् । भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले काँस्य पदक जितेकी छन् ।

उसुमा नेपालले दुई स्वर्ण जितेको छ । उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण जितेका हुन् । नेपालले दुवाथोलनमा पनि स्वर्ण जितेको छ ।

हिमाल टमाटाले स्वर्ण पदक जितेका हुन् । कराँतेतर्फ ६७ केजी तौल समूहमा नवीन रसाइलीले स्वर्ण पदक जिते ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend