साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी मंसिर १७ ।
बागलुङको बडिगाड गाउँपालिका ७, घोपर्नामा जिप दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । ग १ ज ५२१९ नम्बरको जिप दुर्घटना हुँदा १ बालक सहित ९ महिला र ४ जना पुरुष जनाको घटना स्थलमै शव फेला परेको र १ जना हराइरहेको प्रहरी नायव निरिक्षक रिन बहादुर बैदवारले जानकारी दिनुभएको छ ।
दुर्घटनामा मृत्यु भएका मध्ये १० जनाको पहिचान खुलेको छ । गुल्मी जिल्ला इश्मा ५ वस्ने वर्ष २६ को चालक रेशम थापा, दोवाटा वस्ने वर्ष ४० को बसुन्धरा कार्कि, इश्मा ५ खाढुंगा वस्ने माया थापा, नवलपरासी वर्दघाट २ वस्ने वर्ष ६० को भुमा कार्कि, बागलुङ बडिगाड ७ वस्ने वर्ष ५५ को नरमाया खत्रि, गुल्मी इश्मा ४ वस्ने वर्ष ४० को सिता कार्कि, इश्मा ४ वस्ने ६५ को झवि कार्कि, वर्ष ४५ कि भुमि कार्कि, सोही ठाउँ बस्ने वर्ष २५ को मिना वस्नेत, सोही ठाउँ वस्ने वर्ष ६५ को धन बहादुर कार्कि को पहिचान खुलेको छ ।
घाइते हुने हरुमा नवलपरासी वर्दघाट २ वस्ने वर्ष १८ को जिवन कार्कि, गुल्मी इश्मा गापा वडा नं. ४ वस्ने वर्ष ८ को हिमाल कार्की, र सोहि स्थानमा वस्ने वर्ष २४ को निमा केसि रहेको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा इश्मा ४ तल्लो घर बाटामुनी वस्ने ६५ वर्षको धन बहादुर कार्कि रहेको प्रहरीले जनाएको छ । घाइतेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।
घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी गरिएको छ । गुल्मीको इश्मा दोहोली पैयापाटाबाट बागलुङको निसिखोला गाउँपालिका वायोखोलामा दिवाली पुजाको लागी हिँडेको जिप दुर्घटनामा परेको बाग्लुङ्ग बाट सहकर्मी कमल पौडेलले जानकारी दिनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend