logo
  • शुक्रबार, असोज ९ २०८३

राजु महतराको पछौरी भिडियो सहित सार्बजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौँ मंसिर १६।
अर्काको देखासिकी गरेर कहाँ हुन्छ र ? फलानोको छोरो अमेरिका गयो अस्ट्रेलिया गयो मेरो छोरो पानी मरुवा भयो घरमै बुढी कुरेर बस्छ भनेर कहाँ हुन्छ र? बोलको गीतमा रहेको भिडियो सार्बजनिक भएको छ ।
बिदेशमा रुखमा पैसा फल्छ टिपेर ल्याउने हो भन्ने सोचाई राख्नेहरु हामीहरुले सोचे जस्तो सजिलो विलासी जीवन कहाँ छ र विदेश ? घण्टा घण्टा को हिसाब किताब हुन्छ, बिरामी पर्दा सहयोग गर्ने कोइ हुदैन , घाम पानी , भोक प्यास ले जब सताउन थाल्छ अनि घरको धेरै याद आउछ । हो त्यसैलाई थाहा छ प्रदेश के हो , परिवारबाट टाढा जादाको पिडा के हो ? हाम्रै समाजमा देखिएका केहि यथार्थ बिसय बस्तुलाई समेटी बजारमा सार्बजनिक गरिएको पछ्यौरीले छोटो समयमा दर्शकको मन जितेको छ ।

लोक तथा दोहोरी गायक ऋषि खड्का र गायिका शान्ति श्री परियारको आवाजमा रहेको छ ,राजु महोत्राको शब्द र संगीत स्वयम् गायक खड्काकै रहेको उक्त गीतमा घरको आर्थिक अवस्था एकदमै कमजोर भएका कारण परिवारलाई सुख दिने सपना बोकेर नचाहेरपनि बिदेशीनु परेको अवस्थालाई कथामा उतारिएको छ । घरको आर्थिक अवस्था कमजोर भएकै कारण रोजगारीको लागि गाउँघरलाई छोडेर बिदेशीनु परेको दुखद अवस्थालाई कलाकार राजु महोत्रा र मिरा महोत्राले वास्तविक अभिनय मार्फत उतारेका छन् ।

साथमा कुलचन्द्र पुरी, नविन मरासीनी र क क्षेत्री, गौतम जिसी, सन्तोस शर्मा, हिमाल कुवँर र पुष्पा केसीकोपनि अभिनय देख्न सकिन्छ ।पछिल्लो समय स्वदेशमा बसेर रोजगार र आर्थिक अवस्था बलियो नहुनेभएपछि रहर र चाहना नहुँदानहुदैपनि धनपैसाको लागि बिदेशीने युवाहरुको संख्या बढ्दो छ । बिदेशमा गएरपनि दुख पाएर बिना कसुरको सजाय भोगीरहेका धेरै नेपालीहरु छन् ।

आकाशमा उडेर गएका बाकसमा फर्किहरुपनि धेरै छन् । यस्तै वास्तविक्ता कथालाई गीतमा देखाईएको छ । गीतको निर्देशन छायांकन तथा सम्पादन विष्णु भट्टराईले गरेका छन् भने स्वाभिमान क्रियशनको युट्युव च्यानलमार्फत गीतलाई बजारमा लाईएको हो ।
भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend